बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुग्ध विकास संस्थानका प्रवन्धकविरुद्व विशेष अदालतमा मुद्दा

सोमबार, २७ वैशाख २०७३, १६ : ५१
सोमबार, २७ वैशाख २०७३

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धानज आयोगले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय लैनचौरका प्रवन्धक डा शत्रुघ्न प्रसाद साहमाथि विषेश अदालतमा मुद्दा दायर गरेको छ । उनले सार्वजनिक संस्थाको राष्ट्रसेवक पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी दुई करोड अड्तिस लाख अठसठ्ठी हजार तिस रुपैया पैसठ्ठी पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । शाहले गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी उच्च जीवनस्तर यापन गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो । अनुसन्धानका क्रममा साहले दुग्ध बिकास संस्थानको टेक्निकल अफिसर पद देखी प्रवन्धक पदमा बहाल रहँदा सम्म पेश गरेको सम्पत्ति बिवरण एक करोड चौवालीस लाख सन्तानब्बे हजार एक सय चौतिस रुपैया रहेको छ । तर, उनको सम्पत्ती कूल सम्पत्ती भने तिन करोड त्रियासी लाख पैसठ्ठी हजार एक सय चौसठ्टी रुपैया एकहत्तर पैसा देखिएको अख्तियारले जनाएको छ । उनको सम्पत्ति दुई करोड अड्तिस लाख अठसठ्ठी हजार तिस रुपैया पैसठ्ठी पैसा बढि देखिन आएको हुदाँ निजले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टी हुन आएको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप