भरतपुर बिमानस्थल र भरतपुर ब्यारेकबीच द्धन्द्ध चर्कियो
सोमबार, २७ वैशाख २०७३, १७ : १४
चितवन–भरतपुर बिमान स्थल र भरतपुर ब्यारेकबीच द्धन्द्ध चर्किएको छ । भरतपुर बिमानस्थलले भरतपुर ब्यारेक भित्रको घोडाफाम हटाउनु पर्ने आसय सहितको पत्र काटेपछी घोडाफार्म र बिमान स्थलबीचको सम्वन्ध चिसिएको हो ।
भरतपुर बिमान स्थलको क्षेत्रबिस्तारका लागि भन्दै बिमान स्थलले घोडाफाम हटाउनु पर्ने ब्यवहोराको पत्र काटेको थियो । जुन पत्र आपती जनक भएको र सोही पत्रकै आधारमा करोडौ लगानी गरेर सञ्चालनमा रहेको घोडा फार्म हटाउन नसकिने जवाफ सहितको पत्र फार्मले बिमान स्थललाई पठाएको ब्यारेक स्रोतले जनाएको छ ।
यो बिषयमा फार्मका प्राबिधिक मेजर डा.मुसहरु प्रसाद शाहलाई बुझदा उनले बिमान स्थलको पत्र आएको तर यो बिषयमा आफुले बोल्न नमिल्ने बताए । यता भरतपुर बिमान स्थलका प्रमुख शिव शर्माले बिमान स्थलको बिकासका लागी घोडा फार्म हटाएर क्षेत्रबिस्तार गर्न सकिने सम्भावना रहेकाले आफुले सल्लाहको लागी फार्म लाई पत्रकाटेको बताएका छन् ।
चितवनमा बस्ती बिकाससंगै बिमान स्थल साधुँरिदै गएको र बिमानस्थलको आसपासका घरहरु हटाउन सम्भव नभएकाले कम खर्चमा ब्यारेकलाई हटाएर बिमानस्थल सुधार गर्न सकिने सुझावहरु आएकाले आफुले सोही कुरालाई उठान गरेको उनी बताउछन् ।
भरतपुर बिमान स्थलको धावनमार्ग नजिकै ठुला ठुला भवनहरु बनेकाले भरतपुर बिमान स्थल असुरक्षित बन्दै गएको र दीर्घकालका लागि खतरा हुने भन्दै बिज्ञहरुले बिमानस्थलको विकल्पका लागी सुझाव समेत दिएका छन् ।
अहिलेको अवस्थामा बिमान स्थल सार्न नसकिने र बस्ती पनि स्थान्तरण गर्न नसकिने अवस्था देखा परेपछि भरतपुर ब्यारेकको घोडा फार्म हटाएर चौबिस कोठी हुदै त्रिचोक जाने बाटो बन्द गरेर बिमान स्थलको क्षेत्र बिस्तार गर्नु आवस्यक देखिएको राय सुझावहरु आफुकहा आउने गरेको बिमान स्थल प्रमुख शर्मा बताउछन् ।
घोडा फार्मको मात्रै करिव २६ बिगाह क्षेत्रफल रहेकाले त्यो क्षेत्र बिमान स्थलका लागी उपयोगी हुने भरतपुर बिमान स्थल बताउँछ । बिभिन्न जात्रा तथा कार्यक्रमहरुका लागी आवस्यक सबै प्रकारका घोडाहरु उत्पादन र बिकास गर्ने नेपालको एक मात्रै सुबिधा सम्पन्न घोडा फार्म भएकाले सामान्य बलले घोडा फार्म हट्ने सम्भावना नरहेको र त्यसको बिकल्पमा तत्कालै अन्य स्थान नदेखिएको सेनाको बुझाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण