सङ्गघीय प्रेस फोरम जिल्ला तदर्थ समिति गठन
राजविराज– सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुको एक भेलाले सोमवार सङ्गघीय प्रेस फोरम जिल्ला तदर्थ समिति गठन गरिएको छ । सङ्गघीय प्रेस फोरमका केन्द्रीय सल्लाहकार शम्भु झाको अध्यक्षतामा वसेको बैठकले उक्त समिति गठन गरिएको हो । समितिको अध्यक्षमा श्यामसुन्दर यादव, उपाध्यक्षमा बृजमान तामाङ्ग, सचिव जितेन्द्रकुमार झा, सह–सचिवमा दिपा कर्ण र कोषाध्यक्षमा धर्मपाल राउत रहेका छन् । १९ सदस्यीय उक्त जिल्ला तदर्थ समितिका सदस्यहरुमा विद्यानन्द्य राम, बैद्यनाथ यादव, शिवप्रताप साह, गंगाप्रसाद साह, राजु शर्मा, किशोर पासवान, राजेन्द्र मिश्र, रामनाथ यादव, बन्दना मण्डल, अञ्जु यादव, पल्लबी मिश्र, रविन्द्र साह, सनोज विश्वास र रामनाथ चौधरी रहेका छन् । उक्त अवसरमा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा सलहेश क्षेत्रका संयोजक शैलेन्द्रप्रसाद साह, सलहेश क्षेत्रका सदस्य सुखराम यादव, फोरम सप्तरीका अध्यक्ष दिनेशकुमार यादव, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अबधेश झा, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य देवराम यादव, नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष मनोज माझी सहितकाहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण