खानेपानीको ट्याङ्कीमा विषादी, ठूलो दूर्घटनाबाट यसरी बचे गाउँले
दाङ–तुलसीपुर नगरपालिका १० भट्टेका गाउँलेहरु ठूलो घटना हुनबाट जोगिएका छन् । खानेपानीको टंकीमा मेटासिट नामक विषादी हालेको समयमै जानकारी पाएपछि यस्तो सम्भावित जोखिमबाट जोगिएको लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव केशरबहादुर वलीले जानकारी दिए ।
सोमबार विहान धारामा पानी खोल्ने क्रममा गन्ध आएपछि एकपछि अर्को गर्दै गाउँभरी हल्ला भएको थियो । गाउँको सिरानमा रहेको खानेपानीको ५५ हजार लिटर क्षमताको रिजर्ववायर ट्याङकीमा हेर्दा विषादी हालेको पाइएको थियो ।
‘पाँच बजे धारामा पानी खोल्दा ह्वास्स, पानी गन्ध आयो, किन आज यस्तो पानी आयो भनेर घरपरिवारमा खुलदुली मच्चियो’, स्थानिय नरबहादुर वलीले भने, केहि समय पछि छिमिकेले पनि यस्तै भन्न थाले, एकै छिनमा गाउँभरीका मान्छे जम्मा भएर चौंकीदारलाई धारा वन्द गर्न पठायौ ।’ ट्याङकीमा हेर्दा जम्मा भएको पुरै पानी सेताम्य र मेटासिटको डुङडुङती गन्ध आए पछि प्रहरीलाई खबर गरेको सचिव वलीले बताए ।
थानिय प्रेम खत्रीले विषादी हालेको भन्दै पक्राउ गरेर गाउँलेले प्रहरीलाई बुझाएका छन् ।
अन्य दिनको गतिविधि र रातको समयमा खत्रीलाई गाउँमा ओहोरदोहर गरेको देखे पछि गाउँलेहरुले उनलाई संका गरेका हुन् । स्थानियले ट्याङकीमा करिब १५ लिटर विषादी हालेको अनुमान गरेका छन् ।
डेढ घण्टा पैदल हिडेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा संयौको संख्यामा पुगेका गाउँलेहरुले पक्राउ परेका खत्रीलाई हदै सम्मको कार्बाही हुनु पर्ने माग गरेका छन् । करिब पाँच सय जनाको संख्या रहेको भट्टेको गाउँमा उक्त टंकीबाट एक सय १५ वटा धारा वितरण गरिएको छ ।
यसैबीच विषादी युक्त पानी परिक्षणका लागि त्यहाँको उपभोक्ता समितिले नेपालगञ्जमा रहेको पानी प्रयोगशालामा पानी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण