गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु
सोमबार, २७ वैशाख २०७३, १९ : ०४
चितवन - पश्चिम चितवनको पदमपोखरीकी एक महिलाको आज गैँडाको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर उपमहानगर–२७ पदमपोखरीकी स्थानीय ३५ वर्षीया मुना हमालको गैँडाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहान ११ः३० बजेको समयमा चितवन निकुञ्ज छेउमा घाँस काट्न गएका बेला एक्कासी गैँडाले आक्रमण गरेर उनलाई गम्भीर घाइते बनाएको थियो । उनको उपचारका क्रममा दिउँसो १ः३५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि वैशाख २२ गते चितवनको माडीमा गैँडाले रिउ नदी किनारमा घुँगी टिप्न गएका स्थानीय ६५ वर्षीय सुकबहादुर बोटे गम्भीर घाइते भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण