ट्राफिक प्रहरीलाई अक्सिजन
सोमबार, २७ वैशाख २०७३, २१ : १६
काठमाडौँ- सडकमा काम गर्दा धेरै धुवाँधुलो खान बाध्य ट्राफिक प्रहरीलाई थोरै समय भए पनि स्वच्छ हावा दिने उद्देश्यले शङ्कर अक्सिजन ग्यास प्रालिले पाँच थान अक्सिजन ग्यास सहयोग गरेको छ ।
शङ्कर ग्यासका प्रोपाइटर शङ्करलाल अग्रवालले आज महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई सो ग्यास हस्तान्तरण गरे ।
कार्यक्रममा महाशाखाका प्रमुख अर्यालले धुलो र धुवाँले ट्राफिक प्रहरीको स्वास्थ्य दिनानुदिन बिग्रँदै गएको छ, एकछिन भए पनि स्वच्छ हावा खान सक्ने हुँदा यो अक्सिजनले स्वास्थ्यमा राम्रो गर्छ भने ।
ग्यासका प्रोपाइटर शङ्करलाल अग्रवालले काठमाडौँको हावामा कम अक्सिजन हुने भएकाले यस्तो सहयोग गरिएको बताए । एक थान सिलिन्डरबाट २० घन्टासम्म अक्सिजन लिन सकिने छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण