फोरम नेपालद्धारा सद्भावना पार्टीको कार्यक्रम बहिष्कार
सोमबार, २७ वैशाख २०७३, २२ : १९
काठमाडौ - संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा संघीय गठबन्धनभित्रको विवाद यसरी चुलिएको छ कि एक अर्काले गर्ने कार्यक्रम पनि दलहरुले बहिष्कार गर्न थालेका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले डाकेको गठबन्धनको बैठक सद्भावना पार्टीले बहिस्कार गरेको घटना सेलाउन नपाउँदै सद्भावनाले आज राजविराजमा आयोजना गरेको आमसभा उपेन्द्र यादवको पार्टीले बहिष्कार गरेको छ ।
गठबन्धनको कार्यक्रम अन्तरर्गत नै आज सप्तरीमा आमसभा आयोजना भएको थियो । सो आमसभाको आयोजना गर्ने जिम्मेवारी सद्भावना पार्टीले पाएको थियो । सद्भावना पार्टीले आयोजना गरेको कारणले फोरम नेपालका कुनै पनि कार्यकर्ता आमसभामा सहभागि भएन ।
सहभागि नहुनुको कारण
आमसभाको आयोजना संघीय गठबन्धनले आयोजना गर्नुपर्ने थियो तर सप्तरीको आमसभा मधेशी मोर्चा सप्तरीले आयोजना गरेको थियो जुन कुरा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई चित्त बुझेको थिएन ।
संघीय गठबन्धनले आमसभाको घोषणा गरेको छ भने त्यसको आयोजक गठबन्धन नै हुनपर्ने तर्क राखेका थिए तर सप्तरीमा जति पनि आन्दोलन भए सबै मधेशी मोर्चा सप्तरीबाट भएका हुनाले आमसभाको आयोजना पनि मोर्चाले नै गर्ने भनि सप्तरीका दलहरुले अडान लिएपछि फोरम नेपाल सो आमसभामा सहभागि भएन ।
मधेशी मोर्चा सप्तरीमा ११ वटा दल सहभागि रहेका छन् । ती दलहरु शुरुदेखि नै सप्तरीमा क्रियाशिल छन् । मधेश आन्दोलन हुँदा यही मोर्चाको ब्यानरमा ६ जनाले सहादत दिइ सकेका छन् । सयौं जना घाइते भएका छन् । आज सोही मोर्चाले कार्यक्रम गर्दा फोरम नेपाल किन सहभागि नभएको कुरा आफूहरुले बुझ्न नसकेको सद्भावना पार्टीका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण