बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरको अभिनन्दन

मङ्गलबार, २८ वैशाख २०७३, ०८ : ११
मङ्गलबार, २८ वैशाख २०७३
 
   
बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरलाई म्याग्दी जिल्लाको सदर मुकाम वेनीमा आयोजित एक भव्य समारोहमा अभिनन्दन गरिएको छ l जिल्लाका म्याग्दी सामुदायिक  पुस्तकालय बेनी,म्याग्दी साहित्य समाज बेनी, पौलस्त्य साहित्य समाज म्याग्दी , म्याग्दी साहित्य  सन्चार म्याग्दी ,सुवासना साहित्य सदन बेनी र म्याग्दी जिल्लाका तर्फबाट समाजसेवी तथा म्याग्दी सामुदायिक पुस्तकालयका सम्सथापक अध्यक्ष गोपालनारायण भट्टचनले अभिनन्दन गरे ।
 
सो अवसरमा कार्यक्रमका  प्रमुख अतिथी दामोदर पुडासैनी किशोरले कार्यक्रमका सभाध्यक्ष एबं म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावललाई पुस्तकालयको लागि पॉचसय थान पुस्तक प्रदान गर्नु भयो । प्रमुख अतिथी पुडासैनीले  पुस्तकालयका संस्थापक अध्यक्ष गोपालनारायण भट्टचन र पुस्तकालयका भूतपूर्व अध्यक्षहरू डा. भूपेन्द्र बहादुर खड्का,सुदर्शनकुमार श्रेष्ठ ,सुभाषकुमार श्रेष्ठ,सन्जयकुमार श्रेष्ठ ,हरिकृष्ण श्रेष्ठ ,किरण सापकोटा, सुरजकुमार श्रेष्ठ  र धनन्जय कुमार श्रेष्ठलाई सम्मान अर्पण गरे ।
            
कार्यक्रममा साहित्यकार एबँ समाजसेवी धनन्जय कुमार श्रेष्ठले बरिष्ठ साहित्यकार दामोदर पुडासैनीको उर्जाशील  साहित्त्यक व्यक्तित्व र कृतित्वमाथि चर्चा गरे । समाजसेवी एबँ राजनीतिज्ञ गोपालनारायण भट्टचनले म्याग्दी जिल्लामा शैक्षिक र भौतिक बिकासको क्रममा भोग्नु परेका समस्याहरू स्मरण गर्दै राष्ट्रको समुन्नतिको लागि साहित्य र शिक्षाको बिकास द्रुत गतिमा गर्नु पर्ने गरे । उहॉले म्याग्दी पुस्तकालयके लागि पुडासैनीले तन,मन र धनले सहयोग गर्नु भएको छ भन्नुभयो । सो अवसरमा म्याग्दी सामुदायिक पुस्तकालयका भूतपूर्व अध्क्ष डा . भूपेन्द्र खड्का र हरिकृष्ण श्रेष्ठ ,म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष हरिकुमार  श्रेष्ठ र      म्याग्दी उद्योग बाणिज्य सँघका द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दी जिल्लाको सर्वाँगीण बिकास तथा साहित्यकार पुडासैनीको साहिित्यक योगदान सम्बन्धमा चर्चा गरे । 
       
सो अवसरमा भक्त कार्की, घायलश्री ,दण्डपाणि सापकोटा,शिब सस्मी,राजु के. सी.,लीलाराम पौडेल,अजयमिलन श्रेष्ठ  सुशील थकाली जस्ता साहित्यकारहरूले आ आफ्ना रचना वाचन गरेका थिए ।
         
प्रमुख अतिथीको आसनबाट बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरले पुस्तकालय ,साहित्य र शिक्षाको विकास गर्न सकियो भने समाजमा राम्रो सँस्कारको विकास भई सुरक्षा खर्चमा समेत कमी आउने वताउनु भयो । उहॉले यस भेगका  मित्रहरू तथा बन्धुहरूबाट यसरी भव्य रूपमा अभिनन्वित हुन पाउँदा आफूमा थप जिम्मेवारी र जॉगर बढेको कुरा बताए ।
           
सभाध्यक्षको आसनबाट पुस्तकालयका अध्यक्ष सन्तोष रावलले बरिष्ठ साहित्यकार पुडासैनीको सम्मानार्थ म्याग्दी सामुदायिक पुस्तकालयको आजीवन सदस्यता अर्पण गरेको घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप