बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजारमा फालाफाल, पम्पमा हाहाकार

मङ्गलबार, २८ वैशाख २०७३, ०८ : ३१
मङ्गलबार, २८ वैशाख २०७३

गोलवजार,सिरहाका पेट्रोल पम्पहरुको प्रभावकारी अनुगमन नहुँदा पेट्रोलियम पदार्थको कालोबजारी अहिलेसम्म रोकिएकोछैन । सिरहा जिल्लाको पेट्रोल पम्पहरुमा पेट्रोल छैन भन्ने सूचना टाँसिएको देखिन्छ तर पम्प अगाडि नै बोतलमा राखेको खुल्ला पेट्रोल महंगो मूल्यमा किनबेच भइरहेको हुन्छ । मधेश आन्दोलन देखी नै जिल्लाका पम्पहरुमा पेट्रोल अभाव भएको हो ।

डिजल भने सबैजसो पम्पहरुले वितरण गरिरहेका छन् । सिरहामा अधिकाँश पेट्रोल पम्पहरुले पेट्रोल नभएको सूचना टाँसेका छन् । तर तिनैले जर्किन तथा ठूला भाँडाहरुमा कालोबजारी गर्नेहरुलाई एक सय दश रुपैयाँको दरले पेट्रोल बेचिरहेका छन् । पम्प अगाडिकै सडकमा र पान पसलमा एक सय बीस रुपैयाँको दरले पेट्रोल सहजै किन्न पाइन्छ ।अनुगमन र निगरानी गर्नुपर्ने स्थानिय प्रशासनको उदासिनताका कारण पेट्रोलको कृत्रिम अभाव देखिएको हो । स्थानिय प्रशासनले समेत कुनै खोजिनिती नगरेपछि पम्प सञ्चालकहरुले पनि पेट्रोलको अभाव देखाइरहेका छन् । आयल निगमले सिरहा,सप्तरी लगायतका जिल्लाहरुमा माग बमोजिमको पेट्रोल नदिएकाले वितरणमा समस्या देखिएको पम्प सञ्चालकहरुले बताएका छन् ।

खुल्ला रुपमा बोतलमा राखेर बिक्री गर्ने व्यापारीहरुले पम्पमा पेट्रोल आएको मौका छोपेर जर्किनमा लैजाने र महंगोमा बिक्री गर्ने गरेको स्थानीय शान्ति समिति सिरहाका संयोजक संजिव कुमारसिंहले वताएका छन् ।तर यो कुरा स्वीकार्न पम्प सञ्चालकहरु तयार छैनन् । भारतबाट आएको धेरैजसो पेट्रोल नेपाल आयल निगमले काठमाडौं तथा पोखरा पठाएकाले तराईका जिल्लाहरुमा अभाव भएको उनीहरुको तर्क छ । यता प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले भने आफु सिरहामा कहिकतै पेट्रोललीयम पदार्थको हाहाकार देखेको छैन अभाव भएको ठाउँमा हामी खुल्ला रुपमा बिक्री भइरहेका पेट्रोलहरु नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको बताउनु भयो । पेट्रोल वितरणमा पम्पहरुले बदमासी गरेको पाइएमा कारवाही गरिने समेत प्र्र्जिअ बताए । पम्पहरुको अनुगमनका लागि समेत आफूहरुले तयारी गरिरहेको र पम्प सञ्चालकहरुलाई समेत सहज आपूर्तिका लागि निर्देशन दिइएको उनले बताए ।

एता पूर्वाञ्चलका पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष तथा गोलबजारस्थित नवदुर्गा पेट्रोल पम्पका संचालक रामसगुन यादवले आफ्नो पम्पबाट पेट्रोल र डिजल स्थानीय सामाजिक संघ संस्था, प्रहरी, एम्बुलेन्स, कृषकहरुलाई आवश्यकताको आधारमा दिने गरेको बताउँदै असहज अवस्थाको फाइदा उठाउँदै कोही व्यवसायीले बढी मूल्य लिएर बेचेको प्रमाणित भए संगठनको निर्णय अनुसार कारबाही गरिने बताउनु भयो । एता बिराटनगर अयलनिगमले सिरहामा दैनिक एकलाख लिटर डिजेल र तिस हजार लिटर पेट्रोल पठाउँनेगरेको बताएको छ । ूर्वाञ्चलका पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष तथा गोलबजारस्थित नवदुर्गा पेट्रोल पम्पका संचालक रामसगुन यादब काअनुसार सिरहामा दैनिक ८० हजारलिटर डिजेल र २० हजार लिटर पेट्रोलि दैनिक मात्रअबसक रहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप