माध्यरातमा सार्वजनिक भयो पानामा पेपर्समा परेका ७ नेपालीको नाम
अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) पानामा पेपर्समा परेका ७ नेपालीको नाम सार्वजनिक गरेको छ । नेपाली समय अनुसार सोमबार राति पौने १२ बजे सार्वजनिक गरिएको नामावलीमा अफसोर कारोबार गर्ने नेपाली व्यक्ति र कम्पनीहरुको सूचीमा सातजना नेपाली परेका हुन् । आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको करिव एक महिनापछि आइसीआइजेले यस्तो खुलासा गरेको हो ।
को को परे पानामा पेपर्समा ?
आइसीआइजेले सार्वजनिक गरेको नामावली अनुसार पानामा पेपर्समा ७ नेपाली परेका छन् । पानामा पेपर्सको सूचीमा पर्नेहरुमा उपेन्द्र महतो, नवाङ डोल्मा, उमादेवी सिङघानिया, अरुण कुमार चौधरी, सुभांस कुमार चौधरी, करण कुमार चौधरी, र शीला चौधरी छन् ।
खोजी पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्ना्लिष्ट (आइसिआइजे) ले सार्वजनिक गरेको नेपाली नामहरु र उनीहरुको फेरिहस्त यस्तो छ :
उपेन्द्र महतो
आइसीआइजेले सार्वजनिक गरेको नामावलीको पहिलो सूचीमा उपेन्द्र महतो छन् । उनी ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई कम्पनीका सेयर होल्डर देखिएका छन् । आइसीआइएजेले उनको ठेगाना नेपालको सिराहा देखाएको छ भने उनीसँग सम्बन्धित कम्पनी स्पार्टली भेन्चर्स लिमिटेड २६ जुन २००८ मा दर्ता भएको छ भने २०११ को मे १६ मा निस्क्रिय भएको देखाएको छ । सार्वजनिक तथ्यांक अनुसार स्पार्टली कम्पनीको ठेगाना भने युएईमा रहेको छ। उनी युएइमै ठेगाना भएको पन्कुर फाइनान्सेज लिमिटेडका समेत शेयर होल्डर हुन् ।
नवाङ डोल्मा
आइसीआइजेले सार्वजनिक गरेको नामावली र त्यससँग सम्बन्धित तथ्यांक अनुसार नवाङ डोल्माको ठेगाना ब्राजिलको छ । गोल्डेन सिम्बल इन्टरनेसनल लिमिटेड र फिक्स युनियन होल्डिङ्ग्स लिमिटेडकी शेयर होल्डर रहेकी डोल्मा आवद्ध भएको दुवै कम्पनीको लिंक हङकङसित जोडिएको छ ।
उमादेवी सिंहानिया
ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको स्प्रिङ फल्स लिमिटेड कम्पनीका सेयरहोल्डरको रुपमा उनको नाम सार्वजनिक भएको छ ।
दस्तावेजमा चार चौधरी :
आइसीआइएजे सार्वजनिक गरेको नामावलीमा ४ चौधरी थर परेकाहरु छन् । चौधरी ग्रुपमा प्रबन्ध निर्देशक अरुणकुमार चौधरी उर्साइन लिमिटेडका सेयरहोल्डरको रुपमा पानामा पेपर्समा सार्वजनिक भएका छन् । ब्रिटिस भर्जिन आइल्यान्डसमा २४ जुन २००४ मा दर्ता भएको यो कम्पनीको ठेगाना बेलायतमा छ । चौधरीले आफ्नो ठेगानामा भने दक्षिण अफ्रिकाको राखेका छन् । दस्तावेजमा सार्वजनिक भएका शीला चौधरी, करणकुमार चौधरी र सुर्वशकुमार चौधरीलाई पनि यही उर्साइन लिमिटेड कै सेयरहोल्डरहरुका रुपमा सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण