बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाद्वारा आत्महत्या, श्रीमान विदेशमा

मङ्गलबार, २८ वैशाख २०७३, १२ : ३२
मङ्गलबार, २८ वैशाख २०७३

गौशाला– महोत्तरीको सिस्वाकटैया गाविसमा आज बिहान एक महिलाले आत्महत्या गरेकी छिन् ।

सिस्वाकटैया गाविस–८ सहसराम बस्ने अजय रामकी पत्नी २२ वर्षीया शिवकुमारी देवीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । आत्महत्याका क्रममा भएको आगलागीबाट उनको घर समेत जलेर नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

घरायसी विवादका कारण उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । मृतककी दुई वर्षीया छोरी छन् भने पति वैदेशिक रोजगारमा छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप