लाजिम्पाटमा युएईको दूतावास, भिषालगायतका सेवा उपलब्ध हुने
काठमाडौँ– संयुक्त अरब इमिरेट्स युएईले आजदेखि दूतावास स्थापना गरेर प्रवेशाज्ञा (भिषा) लगायत सेवा प्रवाह गर्ने भएको छ ।
दूतावास उद्घाटन एवम् सेवा आरम्भ गर्न युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान आजै अपराह्न यहाँ आउँदै छन्। लाजिम्पाटमा स्थापना भएको दूतावास उद्घाटनअघि नेपाल र युएईबीच द्विपक्षीय वार्ता हुने छ ।
वार्तामा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा तथा युएईको नेतृत्व त्यहाँका विदेशमन्त्रीले गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग युएईका विदेशमन्त्रीले आजै बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । विदेशमन्त्री नाह्यान युएईका प्रथम संस्थापक राष्ट्राध्यक्ष एवम् अमिरका सुपुत्र हुन् ।
नेपाल–युएई वार्तामा द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने तथा पारस्परिक सहयोग र लाभका क्षेत्र अभिवृद्धिबारे विचारविमर्श हुने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
वार्तामा परराष्ट्र मन्त्रालयका अतिरिक्त श्रम तथा रोजगार, उद्योग, अर्थ, गृह र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुने उनले जानकारी दिए ।
दूतावास स्थापनासँगै युएईले सइद हमदान अल नाक्वीलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको छ । नवनियुक्त राजदूत नाक्वीले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिसेका छैनन् ।
नेपाल र युएईबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । केही वर्षयता नेपाली श्रमिकका निम्ति युएई आकर्षक गन्तव्य बन्दै गएको छ । हाल उक्त मुलुकमा दुई लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण