आगलागी पिडितलाई जस्तापाता र झुल बितरण
मङ्गलबार, २८ वैशाख २०७३, १४ : ०८
इटहरी – सुनसरीका आगलागी पिडित परिवारलाई जस्तापाता तथा झुल बितरण गरिएको छ । नेपाल ग्रामिण पूर्ननिर्माण संस्था तथा वाईसियल सुनसरीले संयुक्त रुपमा जस्तापाता तथा झुल बितरण गरिएको हो । सुनसरीको भोक्राहमा एक महिना अघि भएको बिषण आगलागीबाट २१ परिवारका ५० घर जलेर नष्ट भएको थियो ।
भोक्राह ९ स्थित मुसलमान बस्तीमा मंगलबार एक कार्यक्रमका बिच सुनसरीका प्रमुख जिल्ला अधिकारीले मोहनबहादुर चापागाईले राहत वितरण गर्नुभएको हो । नेपाल ग्रामिण पूर्ननिर्माण संस्था र डब्लुएचएचको सहयोगमा प्राप्त तिन बन्डल जस्तापाता १० घर परिवारलाई बितरण गरिएको थियो । बाँकी रहेको एघार घर परिवारलाई पनि दैवि प्रकोप उद्धार समितिको पहलमा पूनं जस्तापाता बितरण गरिने बताइएको छ ।
घर जेलर खरानी भएका घरको पूर्ननिर्माणमा मद्धत गर्ने उदेश्यले जस्तापाता बितरण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताउनुभयो । दैवि प्रकोप उद्धार समिति मार्फत सुनसरीमा सबै भन्दा बढी क्षति भएको भोक्राह गाबिसमा राहत स्वरुप जस्तापाता बितरण गरिएको बताउदै आउदा दिनमा थप राहत उपलब्ध गराउने चापागाईले बताउनुभयो ।
यस्तै योङ्ग कम्युनिष्ट लिग नेपाल सुनसरी जिल्ला समितिले पनि भोक्राहका आगलागी पिडित परिवारलाई झुल बितरण गरेका छन । गर्मी समयमा औलो जस्तो रोगबाट बच्न पिडित २१ परिवारलाई तिन थान झुलको दरले राहत बितरण गरिएको हो । सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईले झुल बितरण गरेर कार्यक्रमको शुरुवात गर्नुभएको थियो । वाईसियल सुनसरीका अध्यक्ष दुर्गेश चौधरी र जिल्ला सदस्य रुद्रबहादुर पौडेल लगायत अन्य पदाधिकारीले झुल पिडित परिवारलाई बितरण गर्नुभएको थियो ।
जनताको दुखसुखमा सदैव वाईसियल सहयात्री भएको बताउदै भोलीका दिनमा पनि पिडित परिवारको लागी थप राहत कार्यक्रम तथा घर पूर्ननिर्माणमा श्रमदान समेत गर्ने वाईसियल सुनसरी अध्यक्ष दुर्गेश चौधरीले बताउनुभयो । पिडित परिवारलाई ६२ थान झुल बितरण गरिएको थियो । भोक्राहका आगलागी पिडितहरुलाई जस्तापाता तथा झुल बितरण गरेपछि पिडित अनुहारमा केही खुशी छाएको थियो । राहत बितरण कार्यक्रममा सुनसरीका जनपद तथा शसस्त्र प्रहरीका प्रमुख तथा स्थानिय राजनितिक दलहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण