सबै अस्थायी शिक्षकलाई स्थायी गर्न माग
काठमाडौ– शिक्षक संघ संगठनले हालसम्म रहेका सबै अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्घाबाट स्थायी गर्ने गरी शिक्षा ऐन संसोधन गर्न माग गरेका छन् । अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा उनीहरुले त्यस्तो माग गरेका हुन ।
शिक्षक संघ संगठनहरुको छाता संगठन नेपाल शिक्षक महासंघका महासचिव तिलक कुवँरले सबै अस्थायी शिक्षकलाई आन्तरिक प्रतिष्पर्घाबाट स्थायी गर्ने प्रक्रिया सुनिश्चित गर्न संसदमा रहेको ऐनमा संसोधन हालिएको जानकारी दिदै नेपालको शिक्षा क्षेत्र समस्यै समस्याबाट ग्रस्त बनेको बताए । उनले विगतमा सरकारलेगरेको सहमति कार्यान्वयन भएको भए शिक्षा क्षेत्रका सबै समस्या समाधान हुने भन्दै शिक्षा क्षेत्रमा राज्य र राजनीतिक दलहरु संबेदनशिल नभएको आरोप लगाए । उनले महासंघले हालेको संसोधनसहितको शिक्षा ऐन संसोधन गराउन सबैले आ आफ्नो क्षेत्रबाट लविङ गर्नु पर्ने आवश्यकता औल्याए । नेपाल शिक्षक संघका महासचिव राजेन्द्र पौडेलले अस्थायी शिक्षकहरुको मागमा सबै शिक्षक संघ संगठनहरु संबेदनशिल भएको भन्दै माग पुरा गराउन चौतर्फी दवावको आवश्यकता रहेको औल्याए । उनले मुलुकमा शासन र शासक परिवर्तन भएपछि शिक्षाप्रतिको मानसिकतामा कुनै परिवर्तन नभएको दावी गर्दै शिक्षा क्षेत्रको सुधारकोलागि शिक्षकका समस्याहरु समाधान हुनु पर्नेमा जोड दिए । एकीकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव शंकर अधिकारीले राज्यले शिक्षकहरुको विचमा विभेद गरेकोले त्यसका विरुद्ध थालिएको आन्दोलनमा आफुहरुको एक्यबद्धता जनाउँदै सबै मिलेर दवाव दिए अस्थायीसहित सम्पूर्ण शिक्षकहरुको समस्या समाधान हुने विश्वास ब्यक्त गरे । संघर्ष समितिका कार्यबाहक अध्यक्ष हेमनाथ चौलागाईले अस्थायी शिक्षकहरुको विचमा विभेद गरेकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको भन्दै आफूले स्वतह स्थायी हुने भन्दा पनि सम्मानजनक रुपमा आन्तरिक प्रतिष्पर्घाबाट स्थायी हुन चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण