बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दूध बेचेर मासिक एक लाख आम्दानी

मङ्गलबार, २८ वैशाख २०७३, १६ : ३१
मङ्गलबार, २८ वैशाख २०७३

पाल्पा - मस्याम गाविस– ७ डुम्रेका कृषक गोपाल जिसीले दूध बेचेर मासिक रु एक लाख बढी आम्दानी गरिरहेका छन् । जिल्लाकै नमुना व्यवसायीका रुपमा चिनिनुभएका जिसीले सहकारीबाट रु तीन लाख ऋण झिकेर मुनाल गाईफार्म सञ्चालन गरेका छन् । उनले विसं २०६४ मा रु पाँच लाखबाट सुरु गरेको फार्ममा अहिले रु १५ लाख बराबरको लगानी रहेको छ । हाल फार्ममा १८ होलस्टिन र जर्सी जातको माउ गाई रहेका छन् । दैनिक १०० देखि १५० लिटरसम्म दूध बिक्री गर्दै आएका जिसीले दुई जनालाई रोजगारी समेत प्रदान गरे । उनले दूध बिक्री गरेको कमाइले रु २५ लाखमा पक्की घर तथा रु १० लाखमा दुई रोपनी जग्गा जोडेका छन् । विभिन्न सहकारी तथा बैंकमा रु आठ लाख बढी रकम बचत गरेका छन् । “कमाउन नसक्दा बाआमाले घरनिकाला गरे,” उनले भने – “व्यवसाय गर्न धेरैसँग ऋण मागे, कसैले विश्वास गरेनन्, अन्तिममा सहकारीबाट ऋण झिकेर व्यवसाय सुरु गरे ।” आफ्नै मेहनत र जाँगरले उनी अहिले सफल व्यवसायी बनेका छन् । जिल्ला पशुसेवा कार्यालयको मदनपोखरास्थित पशु सेवा केन्द्रका प्राविधिक शेरबहादुर रानाले गत वर्ष युवालक्षित कार्यक्रमअन्तर्गत कृषक जिसीलाई रु एक लाख तथा चापकटर मेसिन र घाँसका बीउ उपलब्ध गराएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप