बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूकम्प प्रभावित तीस जिल्लामा तारजाली बाँडिने

मङ्गलबार, २८ वैशाख २०७३, १६ : ३३
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौं - भू तथा जलाधार संरक्षण विभागले भूकम्पप्रभावित जिल्लामा भू–संरक्षणको लागि तारजाली वितरण गर्ने भएको छ । गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण तीन हजार भन्दा बढी पहिरो गएकाले त्यसको संरक्षणका लागि तारजाली वितरण गर्न लागिएको हो । विभागका उपसचिव डा जगन्नाथ जोशीले जिल्ला भू–संरक्षण कार्यालयले गरेको लागत अनुमानको आधारमा छलफल गरेर तारजाली पठाउने व्यवस्था मिलाइने जानकारी दिए । उनले भने, “जिल्लामा भएको क्षतिबारे जिल्ला भू–संरक्षण कार्यालयले यकिन तथ्याङ्क पठाएपछि तारजाली पठाउँछौँ ।” उहाँका अनुसार अतिप्रभावित जिल्लामा ३० हजार मेट्रिक टन भन्दा बढी र कम प्रभावित जिल्लामा ३० हजार मेट्रिक टनसम्म तारजाली उपलब्ध गराइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप