बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चित्रबहादुरले भने–सरकारको नीति तथा कार्यक्रम ठीक छ

मङ्गलबार, २८ वैशाख २०७३, १६ : ३७
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौं, – केपी ओली नेतृत्वको सरकारमा सहभागि भएको राष्ट्रिय जनमोर्चाले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समर्थन गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ती जारी गर्दै सरकारका नीति तथा कार्यक्रम ठीक भएकाले पार्टीले समर्थन गरेको भन्दै त्यसलाई पारित गर्न सबै सांसदहरुले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

यद्यपी त्यसको कार्यान्वयन पनि जरुरी रहेको भन्दै केसीले विज्ञप्तीमार्फत भनेका छन्–सरकारको नीतिख तथा कार्यक्रमलाई समर्थन गर्ने बेला त्यसको कार्यान्वयन पक्षमा जोड दिनु पर्दछ भन्ने कुरातर्फ पनि हाम्रो गम्भिर ध्यान गएको छ । विगतमा सरकारको नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनकाबीच गम्भीर प्रकारको अन्तर रहने गरेको छ । यही चालु आर्थिक वर्षका लागी छुट्टाइएको ११७ अर्व विकास बजेट बैशाख दोस्रो सातासम्म आइपुग्दा जम्मा २० प्रतिशतमात्र खर्च हुन सकेको छ । त्यसले योजना र कार्यान्वयनको वीचको गम्भीर अन्तरलाई देखाउछ ।’ प्रायः सवै सरकारहरुले आफ्नो नीति तथा कार्यक्रममा स्थानियनिकायको निर्वाचन गराउने कार्यक्रम समावेश गरेपनि त्यसो हुन नसकेको गर्दै अब भने कार्यान्वयनमै ध्यान दिनुपर्ने केसीले सुझाव दिएका छन् ।

तर, जनमोर्चाले नेपाल र भारतकावीच भएको माथिल्लो कर्णाली परियोजना भारतीय कम्पनी जिएमआरलाई दिने सम्झौतालाई खारेज गरी राष्ट्रियहित अनुकुलत्यसको निर्माण नेपालीको लगानीमा गर्नुपर्नेमा जोड दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप