बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोमबार साँझदेखि परेको पानीले बैतडीमा पहिरो, घर पुरियो

मङ्गलबार, २८ वैशाख २०७३, १६ : ४२
मङ्गलबार, २८ वैशाख २०७३

 बैतडी - थलाकाडा गाविस–६ नखरा बस्ने रामबहादुर खडायतको पहिरोले घर पुरिँदा रु २२ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहन पोखरेलका अनुसार सोमबार साँझदेखि परेको अविरल वर्षाले राति ९ बजे खडायतका दुई तले घर, ४० तोला चाँदी, चार गाई, एक हल गोरु, सात बाख्रा, पाँच बाच्छा, केही कुखुरा र अन्नपात तथा नगद रु ८० हजार गरी करिब रु २२ लाख बराबरको क्षति भएको छ ।
प्रहरीको टोली आज घटनास्थल पुगी मरेका गाईगोरु तथा अन्नपात निकालिरहेको छ । मानवीय क्षति भने भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप