बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'दश ठाउँमा रहेका इन्धनको तत्कालै अन्वेषण गरिने'

मङ्गलबार, २८ वैशाख २०७३, १७ : ०४
मङ्गलबार, २८ वैशाख २०७३
भक्तपुर - उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले दैलेखमा रहेको इन्धनको अन्वेषणका लागि चिनियाँ टोली पुगिसकेको र नेपालका अन्य १० ठाउँमा रहेका इन्धनको समेत तत्कालै अन्वेषण गरिने बताएका छन् । रफत सञ्चार क्लबले यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले नेपालका सात प्रदेश उद्योग विस्तारका लागि करिब ३० लाख युवालाई रोजगारी दिइने तयारी गरेको बताए । सरकारले देशको सात प्रदेशमा खोल्ने उद्योगले नेपालको आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्ने र देशलाई स्वावलम्बन बनाउने उनको जिकिर छ । मन्त्री पाण्डेयले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योगमैत्री रहेको बताउँदै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न उद्योगलाई विभिन्न किसिमका सहुलियत उपलब्ध गराइने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप