च्याम्पियन्स लिगमा पुग्ने युनाइटेडको सपनामा धक्का
म्यान्चेस्टर – ११२ पछि अप्टन पार्क छाड्नअघि वेस्ट ह्याम युनाइटेडले म्यान्चेस्टर युनाइटेडमाथि सनसनीपूर्ण जीत दर्ता गरेको छ ।
पराजयसँगै शीर्ष चारमा आफ्नो स्थान पक्का बनाउदै आगामी सिजन च्याम्पियन्स लिगमा छनौट हुने युनाइटेडको सपनामाथि ठूलो धक्का लागेको छ ।
वेस्ट ह्याम र बोर्नेमाउथविरुद्ध जित निकाले शीर्ष चारमा रहने पक्का भएको अवस्थामा मंगलबार राती सम्पन्न खेलमा युनाइटेड ३–२ गोलले पराजित बन्यो । अन्तिम खेलअघि चौंथो स्थानमा रहेको सिटीले युनाइटेडमाथि २ अंकको अग्रता बनाएको छ ।
ढिला शुरु भएको खेलमा डियाफ्रा साखोले शुरुवात भएको १० औं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।
तर, खेलको दोस्रो हाफमा एन्टोनी मार्सियालले दुई गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । यति बेलासम्म खेल सकिन १८ मिनेट मात्र बाँकी थियो । धेरैले खेल युनाइटेडले जित्ने सोचेका थिए ।
तर, ४ मिनेटको अन्तरालमा वेस्टह्यामले दुई गोल गर्यो । मिकायल एन्टोनियो र विन्सटन रिडले गोल गर्दै वेस्टह्यामलाई रोमाञ्चक जित दिलाए ।
पराजयसँगै युनाइटेडका प्रशिक्षक लुइस भान हालको जागिर धरापमा परेको छ । निकै आलोचना खेपिरहेका भान हालले युनाइटेडलाई च्याम्पियन्स लिगमा पुर्याएर आफ्नो जागिर बचाउने सोचमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण