युनाइटेडका खेलाडीमाथि वेस्ट ह्यामका समर्थकद्वारा आक्रमण (फोटोफिचर)
बुधबार, २९ वैशाख २०७३, ०८ : ४६
म्यान्चेस्टर – वेस्ट ह्यामविरुद्ध प्रिमियर लिग अन्तरगतको खेल खेल्न अप्टन पार्क पुगेका म्यान्चेस्टर युनाइटेडका खेलाडीमाथि आक्रमण भएको छ ।
वेस्ट ह्यामका समर्थकहरुले बार्किङ रोडमा गुडिरहेको युनाइटेडको टोलीको बसमाथि आक्रमण गरेका थिए । बसमा उनीहरुले बोतल लगायतले प्रहार गरेका थिए ।
आक्रमणपछि युनाइटेडको खेलाडी चढेको बसमा क्षति पुगेको छ । बसको कम्तिमा ९ वटा सिसाहरु फुटेका छन् ।
उक्त घटनाका कारण खेल ४५ मिनेटले ढिला शुरु भएको थियो ।
खेलको दौरान पनि युनाइटेडका खेलाडीमाथि बोतल प्रहार गरिएको थियो ।
वेस्ट ह्यामले उक्त मैदानमा अन्तिम खेल खेलेको छ । खेलमा वेस्ट ह्याम ३–२ ले विजयी बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण