द्वन्द्वपीडितको उजुरी : दाङमा १२०, रोल्पामा २९३
दाङ– दाङ जिल्लाबाट सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा स्थानीय शान्ति समितिमार्फत अहिलेसम्म १२० वटा उजुरी दर्ता भएका छन् ।
स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज अधिकारीका अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगतर्फ ९५ वटा र बेपत्ता छानबिन आयोगतर्फ २५ वटा उजुरी दर्ता भएका छन् ।
यही वैशाख २ गतेदेखि सुरु गरिएको उजुरी सङ्कलन अभियान आगामी असार २ गतेसम्म जारी रहनेछ । बलात्कार, अपहरण, हत्या, घरध्वस्त, विस्थापन, घाइते, अङ्गभङ्ग, लुटपाट, यातना लगायतका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा पीडितले उजुरी दिइरहेका छन् ।
स्थानीय शान्ति समिति दाङमा चार हजार २३९ जना द्वन्द्वपीडितको लगत रहेको छ । सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पामा सत्यनिरुपण र बेपत्ता आयोग दुबैमा गरी आजसम्म २९३ वटा उजुरी दर्ता भएको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ । रोल्पा जिल्लाभर १९ हजारभन्दा बढी द्वन्द्वपीडित भए पनि न्यून सङ्ख्यामा मात्रै उजुरी आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण