बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भाडादर कार्यान्वयन गर्न प्रशासनको निर्देशन

बुधबार, २९ वैशाख २०७३, १२ : ३२
बुधबार, २९ वैशाख २०७३

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लाले तोकिएको भाडादर कार्यान्वयन गर्न–गराउन सम्बन्धित निकाय तथा गाडी व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

गत वैशाख १६ गते बसेको सर्वदलीय सर्वपक्षीय बैठकले अस्थायी पक्की मोटरबाटोमा प्रतिकिलोमिटर रु तीन रुपैयाँ ६५ पैसा र कच्चीमा रु पाँच रुपैयाँ भाडादर कायम गर्ने भनी गरेको निर्णय लागू गर्ने सिफारिससहित वैशाख २० गते यातायात व्यवस्था विभागमा लेखी पठाइएको थियो । यातायात व्यवस्था विभागले यही २४ गते जिल्ला यातायात व्यवस्था समिति तथा सर्वपक्षीय निर्णयअनुसार तोकिएको भाडादर कार्यान्वयन गर्न विभागबाट परिपत्र गरिएबमोजिम भाडादर कार्यान्वयन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । सर्वपक्षीय निर्णय र विभागले निर्देशन गरेको भाडादरमा कमी नआएको जनगुनासो आएपछि सो तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको प्रजिअ पण्डितले बताए । गाडी व्यवसायीले भने यात्रुबाट अहिले पनि पक्की सडकमा प्रतिकिमी रु सात र कच्ची बाटोमा रु आठ रुपैयाँ असुल्दैआएको स्थानीयवासी पहलमान शाहीले गुनासो गर्नुभएको छ । कर्णाली तथा चन्दननाथ यातायात बीचको लामो विवादका कारण नागरिकलाई सास्ती भइरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप