विद्यालयमा स्वीकृती बिनाका पाठ्यपुस्तक खुलेआम बिक्रि
भैरहवा–भैरहवा तथा यस आसपासका पुस्तक व्यवसायीहरुले नेपाल सरकारबाट स्वीकृत नभएका पाठ्यपुस्तक खुलेआम बिक्री गरिरहेका छन् । विद्यालयहरुले त्यस्ता पाठ्यपुस्तकलाई आफ्नो विद्यालयको पठन पाठनका लागि छनौट गरेपछि पुस्तक व्यवसायीहरुले बिक्री वितरण गरेका हुन् । अनुमति विना प्रकाशकले पाठ्यपुस्तक प्रकाशन गर्दा, पुस्तक व्यवसायीले बेच्दा र विद्यालयले पठन पाठन शुरु गर्दा समेत जिल्लामा अनुगमन शुरु गरिएको छैन । जिल्ला शिक्षा कार्यालयले कार्वाही प्रक्रिया नगरेपछि रुपन्देहीमा जिल्ला शिक्षा कार्यालय ठूलो कि प्याब्सन ठूलो भन्ने प्रश्न खडा भएको छ । सूचिकृत नभएको पाठ्यपुस्तकको अनुमति आज भोली ल्याउँछौ भन्दै प्याब्सनले जिल्ला शिक्षा कार्यालयलाई झुलाई राखेको छ । पाठ्यपुस्तक छपाई, बिक्री र विद्यालयमा पठन पाठनका लागि नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रको स्वीकृती लिनुपर्ने कानूनी प्राबधान छ । तर सरकारी निकायबाट स्वीकृत नभएका पाठ्यपुस्तकहरु रुपन्देही सहित लुम्बिनी अञ्चलका पाल्पा, नवलपरासी, कपिलवस्तुमा समेत बिक्री वितरण भइरहेको पाइएको छ । प्याब्सनले प्रकाशनमा ल्याएको कक्षा १ देखि १० सम्मको विज्ञान बिषय पाठ्यपुस्तक सरकारबाट स्वीकृत प्राप्त पाठ्यपुस्तक होइन । पाठ्यक्र विकास केन्द्रका अनुसार उक्त पाठ्यपुस्तकले मंगलबारसम्म स्वीकृती लिएको छैन । तर उक्त पाठ्यपुस्तक यस क्षेत्रका अधिकांश प्याब्सन अन्तर्गतका विद्यालयमा पठन पाठन शुरु भएको छ । प्याब्सनले प्रकाशनको स्वीकृती नपाएपछि ‘पी प्रकाशन’ को नामबाट प्रकाशन गरी बजारमा ल्याएको छ । उक्त पाठ्यपुस्तकले स्वीकृती लिएको छैन । तर पाठ्यपुस्तकको पहिलो पानामा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पुस्तक भन्दै अभिभावक र विद्यार्थीलाई झुक्याएर बिक्री गरिएको छ । जिल्लामा कुन पाठ्यपुस्तक सूचीकृत हो होइन भनेर हेर्ने काम जिल्ला शिक्षा कार्यालयको भएकोले जिल्ला स्तरमा पाठ्यपुस्तक अनुगमन समितिको जिम्मेवारी जिल्ला शिक्षा कार्यालयको रहे पनि अहिले सम्म कार्यालयले अनुगमन गर्न सकेको छैन । रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले पाठ्यक्रम विकास केन्द्रले सूचीकृत नगरेका पाठ्यपुस्तकको अनुगमन गरि स्थानीय प्रशासनको सहयोगमा कार्वाही गरिने बताए पनि शैक्षिक सत्र शुरु भएको एक महिना हुन लाग्दा समेत कुनै प्रकारको प्रक्रिया अगाडी बढाएका छैनन । रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले रुपन्देहीमा सुचिकृत नभएको पुस्तक बिद्यालयहरुमा प्रयोग भएको जानकारी आएको बताए । “यस सम्बन्धमा सार्वजनिक सूचना निकाली यस्ता पुस्तक बिक्रि नगर्न एवम कार्यान्वयन नगर्न अनुरोध गरेका छौ,” जिल्ला शिक्षा अधिकारीले भने । अभिभावकहरुले बजारमा सूचीकृत नभएका र बढीमूल्यका पाठ्यपुस्तक छ्यापछ्याती रुपमा बिक्री भैरहेको पाइएको बताए । जनक शिक्षाबाट प्रकाशित पाठ्यपुस्तक समेत पुस्तक पसलबाट बढी मूल्यमा बिक्री भएको अभिभावकहरुको गुनासो छ । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले प्याब्सनले पाठ्यपुस्तकमा मनोमानी गर्दासमेत शिक्षा कार्यालयले प्याब्सन अन्तर्गतका संस्थागत विद्यालयलाई अनुगमन गर्न नसकेको बताए । उनले सरकारले जिल्लामा रहेको पाठ्यपुस्तक अनुगमन समितिलाई सक्रिय बनाउन अनुरोध गरेपनि रुपन्देहीमा शिक्षा कार्यालयको बेवास्ताका कारण अनुगमन हुन नसनुमा शंका व्यक्त गरे । विद्यालयको अनुगमन गरि नियम मिच्ने विद्यालयलाई कार्वाही प्रक्रिया अगाडी बढाउनुपर्ने अध्यक्ष ज्ञवालीको माग छ । यस बिषयमा प्याब्सन रुपन्देहीका कार्यवाहक अध्यक्ष लेखनाथ पौडेलले पाठ्यक्रम बिकास केन्द्रको लापारवाहीको कारण सुचिकृत हुन छुट भएको आरोप लगाएका छन् । उनले प्याब्सनले मंसिर महिनामै पाठ्यक्रम बिकास केन्द्रको खातामा रकम जम्मा गरि प्रक्रिया अगाडी बढाईए पनि के कति कारणले स्विकृत नभएको बारे जानकारी मागिएको बताए । उनले चाडै यस बारे टुङ्गो लाग्ने बताए । व्यवशायीहरुले सरकारले तोकेको मूल्यको मापदण्डभन्दा बढी मूल्यमा पाठ्यपुस्तक बिक्री गरिरहेको समेत पाईएको छ । बजारमा आएका अधिकांश पब्लिकेशनका पाठ्यपुस्तकको मूल्य सरकारले तोकेको मूल्यभन्दा बढी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण