बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरकारको विकल्प खोजेर राष्ट्रिय सहमति र एकता हुन सक्दैन : मन्त्री राई

बुधबार, २९ वैशाख २०७३, १७ : ३५
बुधबार, २९ वैशाख २०७३

दोलखा - सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारको विकल्प खोजेर नयाँ गठबन्धनको खेल खेल्न खोज्दा राष्ट्रिय सहमति र एकताको वातावरण बन्न नसक्ने बताएका छन् ।

आज दोलखाको सदरमुकाम चरिकोटमा नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले ‘भूकम्प र दोलखा’ नामक तस्बिरको सङ्गालोको विमोचन कार्यक्रममा बोल्दै मन्त्री राईले संविधान निर्माणको हिस्सेदार प्रमुख दल नेपाली काँग्रेस र मधेसी मोर्चालाई मुलुकको अग्रगामी परिर्वतनका लागि राष्ट्रिय सहमति र एकतामा उभिन आग्रह गरे ।

उनले कुनै दललाई पाखा लगाएर सहमति र एकताको सम्भव हुन नसक्ने बताए । मन्त्री राईले विगतमा भएको १६ बुँदे सहमति एकपटक पल्टाएर हेर्न समेत नेपाली काँग्रेस पार्टीलाई आग्रह गरे ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले स्थानीय निर्वाचन हुँदैन भन्नेलाई संविधानको धारा पढ्न आग्रह गरे । संविधानमा नै टेकेर स्थानीय निर्वाचन गर्न लागिएकाले कसैले हुँदैन वा भाँडिन्छ भनेर निर्वाचन नरोकिने बताए ।

सबै दलबीच सहमति नै बनेन भने पनि स्थानीय निर्वाचन भएरै छाड्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप