बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपाल सरकारको प्रतिवेदनप्रति दिल्लीको आपत्ति

शुक्रबार, ३१ वैशाख २०७३, १८ : ५५
शुक्रबार, ३१ वैशाख २०७३
काठमाडौं – नेपाल सरकारले दाताहरुको विषयलाई लिएर भर्खरै सार्वजनिक गरेको नयाँ रिर्पोटप्रति नयाँ दिल्ली आपत्ति जनाएको छ । भारतले नेपालमा दाताहरुले दिने रकमको विषयलाई लिएर खण्डन गरेको हो । यसअघि नेपाल सरकारले भारतले दिदैँ आएको अनुदानमा ५० प्रतिशतभन्दा धेरै कटौती गरेको जनाएको थियो । तर नेपालले सार्वजनिक गरेको ५ ठूला दाताहरुको सूचिमा बेलायत, अमेरिका, जापान, चीन र स्विचरल्याण्डको नाम छ । तर ठूला ५ दातामध्ये पर्दैन । यद्यपी भारत सरकारले नेपाल सरकारले सार्वजनिक गरेको रिर्पोट सही नरहेको दाबी छ । नेपाल सरकारले भारतले प्रति वर्ष ४७ मिलियन अमेरिकी डलर अनुदान दिदैँ आएपनि सन् २०१४–१५ मा केवल २२ मिलियन अमेरिकी डलरमात्रै दिएको जनाएको थियो । तर यसभन्दा बढी सहयोग गरेको भारतको दाबी छ । ‘भारतले प्रति वर्ष झन्डै ३०० देखी ४०० करोड अर्थात ५० मिलियन देखी ७० मिलियन अमेरिकी डलर नेपाललाई सहयोग गर्दै आएको छ ।’– भारतले भनेको छ । भारतले नेपालको सामाजिक र आर्थिक विकासमा आफ्नो प्रतिवद्धता कायम रहेको र अनुदान सहयोगमा कटौती नगरेको बताएको छ । भारतका अनुसार ३ हजार छात्रवृत्ति नेपाललाई वार्षिक रुपमा भारतले उपलब्ध गराउँदै आएको छ । त्यस्तै भारतले २० वटा साना विकास परियोजना नेपालमा सञ्चालन गर्दै आएको छ । भारतले पछिल्ला वर्ष ६ हजार बस तथा एम्बुलेन्स सहयोग गर्नुका साथै निमार्णाधिन रेल लिंक, तराईको सडक तथा अन्य परियोजनामा खर्च गरिरहेको दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप