बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

इरानमा पक्राउ परेका अमेरिकी सैनिकहरु घटुवा

शुक्रबार, ३१ वैशाख २०७३, १९ : ०१
शुक्रबार, ३१ वैशाख २०७३

वासिङटन – अमेरिकी जलसेनाले गत जनवरीमा इरानको जलिय क्षेत्रमा प्रवेश गर्ने १० जना सैनिकहरुलाई घटुवा गरेको छ । अमेरिकी जलसेनाले गल्फमा यो घटना घट्दा अमेरिकी जलसेनाले आत्मविश्वास गमाएको विज्ञप्तीमा उल्लेख छ । जलसेनाका एक अधिकारीले कमाण्डर इरिक रास्चलाई फेरि नियुक्त गरिएको बताएका छन् । अमेरिकी विदेशमन्त्री जोन केरीले शीर्ष इरानी अधिकारीहरुसँग कूटनैतिक वार्ता गरेपछि ति चालकहरु रिहा भएका छन् ।

यस लगत्तै बिहिबार अमेरिकी जलसेनाले कमाण्डर रास्चले आफ्नो नेतृत्व देखाउन नसकेको बताएको छ । उनी फेरि नियुक्त भएपनि उनको नयाँ जिम्मेवारी के हुने भन्ने सम्बन्धमा अझै तय भएको छैन् । गत जनवरीमा ९ पूरुष तथा एक महिलासहितको चलक दललाई इरानले पक्राउ गरेको थियो । त्यसपछि उनीहरुलाई खाडीको मध्यभागमा रहेको फार्सी टापूमा लगियो ।

यस टापूमा इरानको जलसेनाको बेसक्याम्प छ । नियतबस यस्तो घटना नभएको इरानी अधिकारीहरुले त्यतिबेलै जनाएका थिए । ति सैनिकहरु १५ घण्टापछि रिहा भएका थिए र इरानले उनीहरुले माफी मागेको जनाएको थियो । अमेरिकाले त्यतिबेला कसरी जहाज इरानको क्षेत्रमा पुग्यो भनेर छानविन गरिरहेको जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप