बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हिजबुल्लाहका कमाण्डर मुस्तफा अमाइन मारिए

शुक्रबार, ३१ वैशाख २०७३, १९ : ०८
शुक्रबार, ३१ वैशाख २०७३

दमास्कस – दमास्कसमा मारिएका हिजबुल्लाका वरिष्ठ सैन्य कमाण्डर यस संगठनका प्रमुख मुस्तफा अमाइन रहेको अनुमान लगाइएको छ । मुस्तफा अमाइन दमास्कस नजिकको विमानस्थलमा भएको ठूलो बिस्फोटमा मारिएका हुन् ।

लेबनानको सैन्य संगठनले आफ्नो वेभसाइटमा उनी हिजबुल्लाहका कमाण्डर रहेको जनाएको छ । हिजबुल्लाहले सिरियाका राष्ट्रपति बसर अल असदलाई समर्थन गर्दै आएको छ र उसले हजारौँ सैनिकहरु सिरियामा पठाएको छ ।

लेबनानको अल मायाडिन टिभीले ५५ वर्षका मुस्तफाको इजरायलले गरेको हवाई हमालाका दौरान मृत्यु भएको जनाएको थियो ।

तर इजरायलले अझै यस सम्बन्धि कुनै प्रतिक्रिया जनाएको छैन् । मुस्तफाको निधनको घोषणा गर्दै हिजबुल्लाहले उनी सन् १९८२ देखी नै इस्लामिक राज्यको पक्षमा खडा भएको जनाएको छ ।

दोस्रो विज्ञप्तीमा उनको निधन हवाई हमाला, मिसाईल वा अन्य सैन्य आक्रमणको उपज हो भन्ने सम्बन्धमा छानविन भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप