नेपाल आउन लागेकी मलाइकाको नाम अर्जुन कपुरसँग जोडियो
मुम्बई – अरबाज खानसँगको वैवाहिक जीवन अन्त्य गर्न लागेकी मलाईका अरोडाको नाम यतिबेला अर्जुन कपूरसँग जोडिएको छ । पछिल्लो समय अर्जून कपूर र मलाईकाका थुप्रै तस्विरहरु सार्वजनिक भएका छन् । उनीहरु राती अबेरसम्म एकसाथ बस्ने गरेको चर्चा चलेको छ ।
स्रोतका अनुसार यस खबरपछि अर्जूनका बाबु बोनी कपूर निराश छन् । उनले यस विषयलाई लिएर छोरा अर्जून कपूरसँग आफ्नो असन्तुष्टी राखिसकेका छन् । मिडियामा आएको खबरअनुसार बोनी कपूर छोरा अर्जुनलाई मलाईकाबाट टाढै राख्न रुचाउँछन् ।
बोनीले मलाईकासँग अर्जूनको नाम जोडिदाँ उनको करियरमा असर पर्नसक्ने भन्दै उनलाई टाढा राख्न खोजेका हुन् । खासमा बोनी कपूरको सलमान खानको परिवारसँग राम्रो सम्बन्ध छ । उनी अर्जून र मलाईका नजिक हुदाँ सलमान खान चिढिन सक्ने भन्दै आत्तिएका छन् ।
यसअघि नै अर्जूनका कारण मलाईका र अरबाज खानको सम्बन्ध बिग्रिएको भन्ने समाचार सञ्चारमाध्यममा आएको थियो । अहिले अरबाज र मलाईकाको सम्बन्ध पूर्ण रुपमा टुटिसकेको छैन् ।
अरबाज र मलाईका अहिले कानूनी रुपमा ६ महिनाको 'ट्रायल पिरियड'मा छन् । यसपछि उनीहरुको सम्बन्धलाई लिएर अदालतले अन्तिम फैसला गर्नेछ । उनीहरुले मार्चमा संयुक्त वक्तव्य निकालेर सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण