जर्सी बिक्रीमा बार्सिलोना नै अगाडी
काठमाडौं – बार्सीलोनाको जर्सी यस वर्ष विश्वमै सबैभन्दा धेरै बिक्री भएको छ । बार्सीलोनाले यस वर्ष ३६ लाख ३७ हजार वटाजर्सी बिक्री गरेको छ । यस सिजन लियोनल मेसी, नेइमार र लुईस सुआरेजको जर्सी धेरै बिक्री भएको एक अध्ययनले देखाएको छ । यस सूचीमा दोस्रो नम्बर बार्यन म्युनिख छ । म्युनिखको जर्सी ३३ लाख १२ हजार वटा बिक्री भएको छ । अर्को आश्चर्यलाग्दो विषय के छ भने यस सिजन एकपछि अर्को हार व्यहारेको चेल्सी फुटबल क्लब यस सूचिमा तेस्रो स्थानमा छ । चेल्सीको जर्सी ३३ लाख २ हजार थान बिक्री भएको छ । यस सूचिमा म्यानचेस्टर युनाइटेड चौथो छ भने आश्चर्यजनकरुपमा क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलजस्ता विश्वचर्चित खेलाडीले भरिएको क्लब रियाल म्याड्रिड पाँचौ स्थानमा छन् । सूचिमा क्रमश पेरिस सेन्ट जर्माइन छैटौ, आर्सनल सातौ, एथलेटिको म्याडिड आठौ, युभेन्टस् नवौँ र एसी मिलान दशौ स्थानमा छन् । गत वर्षको तुलनामा चेल्सीको जर्सी बिक्री ४० प्रतिशतले बढेको छ । यता, चेल्सीभन्दा पछि परेपनि म्यानचेस्टर युनाइटेडको जर्सी ३५ प्रतिशत बढी बिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण