बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एनएसकेए कराँतेमा नेपाल च्याम्पियन

शुक्रबार, ३१ वैशाख २०७३, १९ : ३७
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौं–नेपालले नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले ४० स्वर्ण, २६ रजत र १४ कास्य जित्यो । दोस्रो भएको भारतले ३ स्वर्ण, ८ रजत र ४० कास्य हात पा¥यो ।

नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा नेपालका सुशान्त मोडक र कृषा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा उत्कृष्ट बनेका सुशान्तले ४ स्वर्ण र १ रजत जिते । महिलामा उत्कृष्ट हुन सफल कृषाले ५ स्वर्ण र १ रजत हात पारिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष खुला तौलसमूह र टिम कुमुतेमा दिवस श्रेष्ठ, एकल काता र टिम कुमुतेमा निरजकुमार श्रेष्ठ, ५० केजीमा सुरज श्रेष्ठ, २० केजीमा क्रिस मानन्धर तथा ६७ केजीमा विनोद रोकाले नेपाललाई स्वर्ण दिलाए ।

महिलाको ५० केजीमा सीता तामाङ, ३५ केजीमा सुस्मिता तामाङ, ४० केजीमा सुजना तामाङ, २० केजीमा अनिशा बजगाईं तथा २५ केजीमा निशा श्रेष्ठले नेपालका लागि स्वर्ण जिते ।

विजेतालाई सांसद् मोहनबहादुर बस्नेत, आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्की र महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगितामा १ हजार ९८ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप