मोबाइल आकारका चार हाइकुसङ्ग्रह सार्वजनिक
काठमाडौँ– नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको हीरक जयन्तीका अवसरमा विभिन्न विषयलाई समेटेर सिर्जित मोबाइल आकारका चार हाइकुसङ्ग्रह आज ललितपुरमा सार्वजनिक गरिएको छ ।
नेपाल हाइकु केन्द्रले यहाँ आज आयोजना गरेको कार्यक्रममा पत्रकार युवराज घिमिरेले साहित्यकार रामकुमार पाँडेको ‘आँखाको नानी’, मित्रबन्धु पौडेलको ‘सन्ताप’, सुष्मा मानन्धरको ‘आराध्य’ र सुमी लोहनीको ‘अनुपमा’ शीर्षक हाइकुसङ्ग्रह सार्वजनिक गरे । प्रत्येक सङ्ग्रहमा ५० हाइकु समावेश गरिएको छ ।
त्यसैगरी नेपाली हाइकु पत्रिकाको भूकम्प सबन्धमा विभिन्न हाइजिनले सिर्जना गरेको ‘कम्प काव्य’ विशेषाङ्कको विमोचन साहित्यकार शान्तिनारायण श्रेष्ठले गरे । सोही अवसरमा हाइजिन श्रीहरि फुयाँल, सुधीर खोबी, दिव्य गिरी, धर्मराज राजकर्णिकार, रमेश खनाल, रामदयाल राकेश लगायत १५ हाइजिनले वर्षा ऋतुसम्बन्धी हाइकु वाचन गरे ।
सो अवसरमा पत्रकार घिमिरेले नेपाली साहित्यका लागि हाइकुको विशेष महत्व रहेको बताउँदै त्यसलाई सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण गरिने जानकारी दिए । केन्द्रका अध्यक्ष रामकुमार पाँडेले केन्द्रले यस वर्षभरि हाइकुसम्बन्धी नयाँ नयाँ कार्यक्रम गरिने बताए ।
साहित्यकार इन्द्र माली लगायतले साहित्यिक क्षेत्रको एउटा विशिष्ट विधा हाइकु प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण