बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

स्थानीय निकायको निर्वाचन सम्भव छैन : नेता सिटौला

शुक्रबार, ३१ वैशाख २०७३, २० : ०९
शुक्रबार, ३१ वैशाख २०७३

चितवन– नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको समयमा स्थानीय निकायको निर्वाचन सम्भव नरहेको बताएका छन् ।

नेपाली काँग्रेस दारेचोक गाउँविकास समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

पछिल्लो समय राजनीतिक दलबीच देखिएको असमझदारी र अविश्वासका कारण निर्वाचन सम्भव नरहेको उनले दोहो¥याए ।

निर्वाचनको वातावरण बनाउनका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले जनताले दिएको जिम्मेवारी काँग्रेसले पूरा गर्ने उल्लेख गरे ।

सो अवसरमा नेकपा एमाले, एकीकृत नेकपा माओवादीलगायतका दल परित्याग गरी २०० जना काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप