बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

शनिबार, ०१ जेठ २०७३, ०७ : ३०
शनिबार, ०१ जेठ २०७३

राजविराज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा शनिबार साँझ बोलेरो गाडीको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको बा१२च ६१७४ नंको बोलेरो गाडीले विपरीत दिशाबाट आइरहेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्री सप्तरीको शम्भुनाथ नपा–७ बस्ने २० वर्षीय रोशन चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि रायपुरस्थित युनिक अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप