ढिलासुस्ती गर्ने ठेकेदारलाई जरिवाना
म्याग्दी – म्याग्दीमा निर्धारित समयमा काम पुरा नगर्ने ठेकेदार जरिवानामा परेका छन् । बेनी–पाखापानी सडक आयोजनाको बेनी–देउराली खण्डको सडक स्तरवृद्धी गर्ने ठेक्का लिएको ठेकेदार कम्पनी शिवशक्तिनाना जेभीलाई कारबाही स्वरुप जरिवाना गरिएको हो ।
जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाले ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण समयमै काम पुरा नगरेपछि जरिवाना गरेको जनाएको छ । कुल ठेक्का सम्झौता भएको रकम दुई करोड ४७ लाख ८२ हजार ९२३ रुपैयाको ०.०५ प्रतिशत प्रतिदिनका दरले जरिवाना गरिएको ड्रिलीप आयोजनाका प्रमुख बिबेक केसीले जानकारी दिए । उनका अनुसार ठेकेदार कम्पनीलाई वैशाख १६ गतेदेखि एक सय दिनसम्म दैनिक १२ हजार ६०५ रुपैयाँका दरले जरिवाना तोकिएको छ ।
एक सय दिनसम्म पनि काम सम्पन्न गर्न नसके धरौटी जफत हुने व्यवस्था रहेको छ । तिन किलोमिटर १८० मिटर दुरीको सडक स्तरवृद्धी गर्नुपर्नेमा हालसम्म ७० प्रतिशत मात्रै प्रगति भएको केसीले बताए । ठेकेदार र आयोजनाबीच वि.स. २०७१ असार १ गते सोही वर्षको फागुन मसान्तमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसारको समयमा काम हुन नसकेपछि आयोजनाले ठेकेदारलाई दुई पटक म्याद थप गरेको थियो । आयोजनामार्फत सडक चाक्लो पार्ने, नाली बनाउने, ढलान गर्ने, पर्खाल लगाउने, ग्राभेल गर्नेलगायतका काम हुनुपर्ने जनाइएको छ । नाली निर्माण र पर्खाल लगाउने अधिकांश काम गरिसकेको ठेकेदार कम्पनीले जरिवानामा परेपछि ढलान र ग्राभेल गर्ने तयारी गरेको छ ।
पहिलेको तुलनामा कामदार संख्या बढाउनुका साथै काममा तिब्रता दिएको आयोजनाका कर्मचारीहरुले बताएका छन् । ठेकेदार कम्पनीका प्रतिनिधिले भने सडक प्रभावित क्षेत्रमा जग्गा विवाद, भुकम्प, नाकाबन्दी र स्थानीय बासिन्दाको असहयोगका कारण काम गर्न ढिलाई भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण