बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दुई जर्मन नागरिकको अवस्था गम्भीर

शनिबार, ०१ जेठ २०७३, ०७ : ४०
शनिबार, ०१ जेठ २०७३

काठमाडौँ–मुस्ताङको दामोदर कुण्ड सारिबुङ हुँदै मनाङको सारिबुङकै साउथ बेस क्याम्पमा पदयात्राका लागि जाने क्रममा मौसममा आएको खराबीका कारण आज दुई जना जर्मन नागरिक बिरामी परेका छन् ।

हावाहुरीका कारण ती नागरिकले लिएर गएका सबै सामान तितरवितर हुनुका साथै स्वास्थ्यमा समेत गम्भीर असर परेको फ्रेन्स एड्भान्चर टिम प्रालिका प्रवन्ध निर्देशक राजेन्द्रबहादुर लामाले जानकारी दिए । मुस्ताङबाट सरिबुङ साउथ ५९२ मिटरमा पुगिसकेपछि हावाहुरीका कारण ४४ वर्षीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरून इन्ग्रिडको उद्धारका लागि दुई वटा हेलिकप्टर खटाइए पनि खराब मौसमका कारण उद्धारमा समस्या भएको लामाले बताए । नकाअनुसार सो घटना भएको दिउँसो २ः३० बजे मात्र थाहा भएको हो । ती दुई जर्मन नागरिकको स्वास्थ्य अहिले गम्भीर रहेको छ । उनीहरुको टोलीमा अन्य १८ जना नेपाली सहयोगीहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप