बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पुनःनिर्माणलाई गति दिन मालेको आग्रह

शनिबार, ०१ जेठ २०७३, ०७ : ४२
शनिबार, ०१ जेठ २०७३

काठमाडौँ– नेकपा मालेले गत वर्षको भूकम्पका कारण जाडो तथा वर्षायाममा घरविहीन भई बस्न बाध्य जनतालाई चाडो घर फर्काउन माग गरेको छ ।

पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनको निर्णय शुक्रबार सार्वजनिक गर्दै पार्टी महासचिव सीपी मैनालीले भूकम्पपछिको पुनःनिर्माणलाई गति दिन आग्रह गरे ।

त्यसैगरी उनले नेपालको ब्यापार र पारवहनको विविधिकरणका लागि भारत र चीनसँग भएका सम्झौतालाई अविलम्ब लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।

पार्टीको महाधिवेशनले वर्तमान राजनीतिक गठबन्धनलाई सुदृढ गर्न र प्रतिपक्षको जिम्मेवार भूमिकालाई कदर गर्न सरकारलाई आग्रह गरेको महासचिव मैनालीले जानकारी दिए ।

उनले जनताको लामो समयको सङ्घर्षपछि प्राप्त भएको संविधान कार्यान्वयनका लागि सबै दलले सहयोग गर्नुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षको भावनालाई संविधान संशोधनको माध्यमबाट सम्बोधन गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप