विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
अमेरिका– विश्वकै सबैभन्दा वृद्धि महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनी ११६ वर्षकी थिए ।
लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले भने, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ ।
उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आएकी जोन्स गत १० दिनयतादेखि बिरामी थिए।
उनको मन्टगोमेरी अलावामामा सन् १८९९ मा जन्म भएको थियो ।
जोन्सको जीवनी
एघार जना दाजुभाइ/दिदीबहिनीमध्ये एक जोन्सले काला किशोरीहरुका लागि स्थापना गरिएको विशेष विद्यालयमा अध्ययन गरी सन् १९२२ मा माध्यमिक तह उत्तीर्ण गरेका थिए ।
जोन्सले केही वर्ष वैवाहिक जीवन बिताए पनि उनको कोखबाट कुनै सन्तान भने जन्मेका थिएनन् ।
गत वर्ष जापानकी मिसाओ ओकावाको ११७ वर्षको उमेरमा टोकियोमा निधन भएपछि विश्वकी सबैभन्दा वृद्ध मानवका रुपमा उहाँको नाम गिनिज बुक अफ वल्ड रेकर्डस्मा लेखिएको थियो ।
अब सवैभन्दा जेठी इटालीकी मोरानो
जोन्सको मृत्युपश्चात उनीभन्दा केही महिना कान्छी इटालीको मर्वानीयाकी ११६ वर्षीया इम्मा मोरानो विश्वकी सबैभन्दा वृद्ध व्यक्ति हुनुहुनेछ, योङले भने ।
यद्यपि मोरानोलाई औपचारिक रुपमा सबैभन्दा वृद्ध मानिस घोषणा गरिसकिएको छैन, वरिष्ठ चिकित्सक योङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण