कामपामा दैनिक ४५० टन फोहर
काठमाडौँ– काठमाडौँ महानगरपालिकामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ ।
कामपासँगै जोडिएका अन्य नगरपालिकासमेतलाई जोड्ने हो भने दैनिक झन्डै ७०० टनसम्म फोहर उत्पादन हुने गरेको छ । सिसटोल ल्यान्डफिल साइडमा दैनिक ६५० टन फोहर व्यवस्थापन हुँदै आएको कामपाका वातावरण महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिए ।
उनका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ ले नै फोहर व्यस्थापनका लागि कुहिने र नकुहिने फोहर उत्पादन हुने स्रोतबाट नै व्यवस्थापन गरिनुपर्छ । पछिल्लो समय कामपाले केही वडामा कुहिने र नकुहिने फोहरको व्यवस्थापन गर्ने कार्यलाई समेत अघि बढाएको छ ।
काठमाडौँको फोहर व्यवस्थापनका लागि दैनिक १०० वटा गाडी प्रयोग हुने गरेको छ । सिसटोलमा फोहर लानका लागि ठूला ट्रक २० वटा, त्यसैगरी ४० देखि ५० वटा गाडी दैनिकरुपमा कामपाको फोहर सङ्कलनका लागि प्रयोग हुने गरेको र अन्य केही सफाइ प्रयोजनका लागि पानीको ट्याङ्की प्रयोग हुने गरेको छ ।
यसैबीच कामपाले फोहरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ ।
बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो ।
यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ । पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको हो ।
दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्यनन भइरहेको कामपाले जनाएको छ । सरकारले पनि फोहरमैलाको दिगो व्यवस्थापनका लागि एकीकृत सहरी फोहरमैला व्यवस्थापन परियोजनालाई स्वीकृत गरिसकेको छ ।
“प्रत्येक व्यक्ति वा संस्थाको आफ्नो वरिपरि रोपेको बोटबिरुवा र गमलाको संरक्षण गर्ने र फोहरको पनि व्यवस्थापन गर्नु अबको आवश्यकता हो,” प्रमुख गौतमले भने ।
युरोपियन युनियन र महानगरले संयुक्तरुपमा करिब रु दुई करोड लगानी गरी बिजुली निकालिने र सो बिजुली महानगरको कार्यालयमा प्रयोग गरिनेछ । महानगरले टेकुमा सङ्कलित फोहरबाट दैनिक ९६ केजी ग्यास, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण