बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अवैध हिरोइनसहित छ जना पक्राउ

शनिबार, ०१ जेठ २०७३, ०८ : ५०
शनिबार, ०१ जेठ २०७३

इटहरी– सुनसरी जिल्लाको धरान उपमहानगरपालिका– १४ विजयपुरगढीस्थित पिण्डेश्वर चोकबाट प्रहरीले शुक्रबार साँझ अवैध हिरोइनसहित छ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार अवैध लागुऔषध हिरोइनको कारोबारी समूहबीच विवाद भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ परिचालित प्रहरीले ९ ग्राम २८० मिलिग्राम हिरोइन बरामद गरेको छ ।

अवैध लागुऔषध ओसारपसार तथा बिक्री वितरण कारोबारमा गिरोह नै सक्रिय रहेको हुनसक्ने स्थिति देखिएकाले अहिले नै पक्राउ परेकाको नाम सार्वजनिक गर्न नमिल्ने पनि प्रहरी नायब उपरीक्षक खतिवडाले थप जानकारी दिँदै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप