बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बसको ठक्करबाट बालकको मृत्यु

शनिबार, ०१ जेठ २०७३, ०८ : ५२
शनिबार, ०१ जेठ २०७३

चितवन– चितवनको रत्ननगरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।

रत्ननगर–१९ स्थित झुवानी सडकमा बा१ख ६६०६ नम्बरको स्कुलबसको ठक्करबाट बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार साँझ ठक्करबाट गम्भीर भएका स्थानीय विश्वनाथ चौधरीका २ वर्षीय छोरा अनुप चौधरीको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । बाटोमा हिँड्दै गर्दा उनलाई बसले ठक्कर दिएको थियो ।

चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार बस नियन्त्रणमा भए पनि चालक फरार रहेकाले खोजी भइरहेको छ ।

बालकको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप