बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

माछाका भुराबाट कृषकहरु लाभान्वित

शनिबार, ०१ जेठ २०७३, १२ : २४
शनिबार, ०१ जेठ २०७३

इटहरी– सुनसरीको इटहरी स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले टिलापिया र पंगास जातका माछाका भुरा उत्पादन गरि वितरण गर्न थाले पछि कृषकहरु लाभान्वित हुन थालेका छन् ।

कृषकले छोटो समयमा बढि आम्दानी लिन सक्ने यस्ता जातका माछा खान बढि स्वादिलो समेत भएको हुँदा कृषकलाई यस्ता जातका माछा आफ्नो पोखरीमा लगाउन कृषि विज्ञहरुले सुझाव दिएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराकी माछा वैज्ञानिक उमिता शाहले पंगास माछाले दश गुण बढि उत्पादन लिन सकिने बताइन् । प्राय कृषकले परम्परागत जातका माछा पोखरीमा लगाउने गरेका छन् । आफैले घरायसि प्रयोजनका लागि पालिएका माछा होस् या व्यवसायिक रुपमा पालिएका माछा हुन् प्राय कृषकका पोखरीमा नयाँ प्रजातीका माछा नभएकै कारण निराश हुने गरेको शाह बताउँछिन् । तर टिलापिया र पंगास जातका माछा कृषकले लगाए सोचे भन्दा बढि आम्दानी हुने र नेपालको मागलाई पुरा गर्न सकिने उनको भनाई छ । कृषि अनुसन्धान केन्द्र तरहराका अनुसार पंगास र टिलापिया जातका दुवै माछा एक हेक्टर पोखरीमा ५० ट्रन सम्म उत्पादन दिने बताइएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख डा.हरिकृष्ण श्रेष्ठले पुर्वमा धेरै प्रजातीका माछा पाल्ने गरिएको हुनाले कृषकलाई नयाँ जातका माछा पाल्न सल्लाहा दिँदै भुरा उत्पादन गरेर बेच्ने गरिएको बताए । श्रेष्ठले कृषकले माछा पाल्दा नयाँ प्रजाती र प्रविधिलाई भित्रयाउन कृषकलाई सुझाव दिएका छन् । केन्दका प्रमुख श्रेष्ठले टिलापिया जातको माछामा नेपालमा नै पहिलो पटक हर्मन परिवर्तनमा पनि सफलता पाएको बताए । भाले माछालाई पोथी माछामा परिणत गर्ने नेपालमा पहिलो पटक सफलता पाएको उनले बताए । टिलापिया जातको माछालाई दिने दानामा हर्मन राखेर उत्पादनको लागी राम्रो सफलता मिलेको श्रेष्ठले बताए । अहिले नेपालमा नीजि क्षेत्रले अत्यन्तै कम मात्रामा भुरा उत्पादन गर्ने भएकाले पनि केन्द्रमा भुराको माग अत्याधिक बढि रहेको छ भने सबै कृषकको पुहँचमा नयँ प्रविधि र प्रजातीको बारे सुचना पुग्न सकेको छैन । अहिले माछाको करिव ५५ प्रतिशत माग भारतिय माछाले पुरा गरेको छ भने नेपालको उत्पादन ४५ प्रतिशत मात्र छ । तर भारतबाट आउने माछामा फर्मालिन जस्तो मानवस्वास्थ्यका लागि घातक केमिकल प्रयोग गरिने हुँदा नेपाली उत्पादनको माछाको माग बजाार बढी हुने गरको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप