रंगमञ्च : महिलाको यौवन : पुरुषको पाहुनाघर !
शिल्पी नाटकघरमा बैशाख १२ गतेबाट सुरु भएको इटालेली नाटककार कार्लो गोल्डेनीको प्रसिद्ध नाटक ‘द मिस्ट्रेस अफ द इन’को नेपाली रुपान्तरण ‘पाहुनाघरकी साहुनी’को मञ्चन बैशाख ३० बाट सकिएको छ । जेठ ७ गतेदेखि गुरुप्रसाद मैनाली र सादत हसन मन्टोका कथाहरुको नाट्यप्रस्तुति कथादेश–३ मञ्चन हुँदैछ । जसको निर्देशन आशान्त शर्माले गर्दैछन् । ‘पाहुनाघरकी साहुनी’ ले १८ औं शताब्दीको इटालेली समाजमा महिलालाई हेर्ने दृष्टिकोण प्रस्तुत गरेको छ । तर अहिले पनि समाजमा त्यसको प्रकृति फेरिए पनि सम्पूर्ण दृष्टिकोण फेरिएको छैन । त्यसैले नाटकमार्फत नेपाली समाजमा यसले फेरि महिलालाई हेर्ने सामाजिक राजनीतिक दृष्टिकोणमाथि बहस गर्यो । नाटक नेचुरल्ली दीपकले अनुवाद गरेका हुन् भने निर्देशन जीवन बरालले । मञ्चमा इनेशा भट्टराई, पवित्रा खड्का, सोनाम लामा, मातृका घिमिरे, नमराज केसी, सविन कट्टेल, सुदिप कार्की र संगीता उरावले अभिनय क्षमता देखाएका थिए । इनेसा र पवित्रा तथा सविन र सुदिपले आलो¬पालो अभिनय गरेको नाटकमा किरण मानन्धरको पेन्टिङ पनि प्रयोग गरिएको थियो । नाटक हेर्नुभएका र हेर्न छुट्नुभएका दर्शकका लागि फोटो पत्रकार बिजु महर्जनले तयार पारेको नाटकको ‘तस्बिर प्याकेज’ यहाँ प्रस्तुत गरिएको छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण