बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

शिक्षामन्त्रीसमक्ष पाँचबुँदे माग

शनिबार, ०१ जेठ २०७३, १३ : ०२
शनिबार, ०१ जेठ २०७३

पाँचथर– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाँचथरले शिक्षामन्त्री गिरीराजमणि पोखे्रललाई पाँचबुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला शिक्षा अधिकारी राजकुमार विकमार्फत प्याब्सनले शुल्क निर्धारण विद्यालय व्यवस्थापन समितिले अनुमोदन गरी सम्बन्धित कार्यालयमा स्वीकृतिका लागि पेस गर्ने व्यवस्था कायम गर्नुपर्ने र संस्थागत विद्यालय सञ्चालन मापदण्ड तथा निर्देशिका अनुसार संस्थागत विद्यालयको मापदण्ड कायम गर्नुपर्ने माग गरेको हो ।

प्याब्सनका जिल्ला अध्यक्ष गजेन्द्र मावोका अनुसार विद्यालयको लेखा परीक्षण जिल्ला शिक्षा अधिकारीले प्रमाणित गर्ने व्यवस्था हटाउनु पर्ने, मासिक शिक्षण शुल्कको ६० प्रतिशत शिक्षक कर्मचारीलाई दिने सवाललाई निर्देशिकामार्फत सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको अनुगमन शिक्षा ऐन र नियमावलीले व्यवस्था गरेको संयन्त्रबाट मात्रै हुने व्यवस्था कायम गर्न माग गरिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप