कञ्चनपुरका दुई सडक उच्च प्राथमिकतामा
कञ्चनपुर– बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा कञ्चनपुरका दुई सडक निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।
सम्भावित प्रादेशिक सडकअन्तर्गत पर्ने कलुवापुर बेलौरी सडक र बेदकोट नगरपालिकाअन्तर्गत पर्ने लालपुर चौराहदेखि सुन्दरपुर कृषि तालिम केन्द्रसम्मको सडकलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको हो ।
बेलौरी कलुवापुर सडक निर्माणका लागि रु ३८ करोड बजेट विनियोजन भई बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा कार्य अगाडि बढेको व्यवस्थापिका संसद्का सांसद कृपाराम रानाले बताउनुभयो ।
योजनाको पूर्व तयारी र ठेक्का पूर्वका सबै प्रक्रिया पूरा गरी कार्यक्रम स्वीकृत गराई कार्य प्रगतिका आधारमा बजेट निकासा हुने शर्तमा बहुवर्षीय ठेक्कामा जाने सहमति भएको उहाँले बताउनुभयो ।
“आगामी वर्षको बजेटमा सिलिङभित्र प्राथमिकता दिई प्रस्ताव गर्ने सहमति भएको छ” –उहाँले राससलाई भन्नुभयो । झन्डै २४ किलोमिटर लम्बाइको कलुवापुर बेलौरी सडक सञ्चालनमा आएको ४९ वर्षपछि कालोपत्रेका लागि बजेट विनियोजन भएको हो ।
यसैगरी, बेदकोट नगरपालिकाअन्तर्गत पर्ने लालपुर चौराहदेखि सुन्दरपुर कृषि तालिम केन्द्र बैजनाथ मन्दिरसम्मको सडक बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा निर्माण निर्माण गरिने भएको छ ।
आव ०७२÷७३ देखि निर्माण कार्य सञ्चालन गर्न रु नौ करोड ७८ लाख क्रमागत बजेट स्वीकृत भएको सांसद रानाले बताउनुभयो ।
बहुवर्षीय ठेक्का प्रक्रियाद्वारा कार्य अगाडि बढाउनका लागि मन्त्रिस्तरीय निर्णय भइसकेको उहाँले जानकारी दिनुभयो । यसका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगद्वारा समेत स्वीकृति प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । ठेक्काअन्तर्गत सडक स्तरोन्नति, कल्र्भट निर्माण र कालोपत्रेलगायतका कार्य हुनेछन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण