अदालतको निषेधाज्ञा आदेश कार्यान्वयन भएन
म्याग्दी– पुनरावेदन अदालत बागलुङले एक वर्षअघि बेनी नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई नदीमा फोहर फाल्ने कार्य बन्द गराउन र फोहर व्यवस्थापनका लागि ‘ल्याडफिल साइड’को खोजी गर्न जारी गरेको निर्देशनात्मक निषेधाज्ञा आदेश कार्यान्वयन हुन सकेको छैन ।
कालीगण्डकी नदीमा बेनी बजारको फोहर फालिँदा सभ्यता, वातावरण र जलचरमा नकारात्मक असर परेको भन्दै अधिवक्ता चिरञ्जीवी शर्माले तत्कालीन अर्थुङ्गे गाविस र प्रशासनलाई विपक्षी बनाएर दर्ता गराउनुभएको मुद्दाको एक वर्षअघि फैसला भएको थियो ।
पुनरावेदन अदालतका तत्कालीन निमित्त कायम मुकायम मुख्य न्यायाधीश सारदाप्रसाद घिमिरे समेतको संयुक्त इजलासबाट नदीमा फोहर फाल्ने कार्य तत्कान बन्द गरी ल्याडफिल साइटको खोजी गर्न निर्देशनात्मक निषेधाज्ञा आदेश जारी भएको थियो ।
एक वर्षसम्म पनि अदालतको आदेश कार्यान्वयन गर्न प्रभावकारी कमद चाल्न नसकेकोप्रति अधिवक्ता शर्माले दुःख व्यक्त गरे । नगरपालिका र प्रशासनलाई मात्र दोष देखाए पनि आदेश पालना नहुनुमा राजनीतिक दल, सङ्घ संस्था र नागरिक समाज पनि जिम्मेवार रहेको शर्माको भनाइ छ ।
विस २०६० बेनी बजारमा सङ्कलन हुने फोहरलाई बेनी गलेश्वर सडक छेउको रातोपहिरोस्थित कालीगण्डकी किनारमा बिर्सजन गरिँदै आएको छ । यसैगरी बजारवासीले फोहर सङ्कलन गर्ने ट्र्याक्टर नआएको भन्दै सिधै नदी किनारमा लगेर आफैँ पनि फोहर फाल्दै आएका छन् ।
नौ सयभन्दा धेरै घर र १५ हजार जनसङ्ख्याको बसोबास रहेको बेनीमा दैनिक तीन ट्र्याक्टर फोहर सङ्कलन हुन्छ । सडक, बस्तीको छेउ र नदी किनारमा फालिएको फोहरको दुर्गन्धका कारण स्थानीयवासी, बटुवा र यात्रु प्रभावित भएको जलेश्वरका इन्द्र बरुवालले बताए । बेनी नगरपालिका कार्यालयले भने धेरै वर्षदेखि फोहर व्यवस्थापन गर्ने वैकल्पिक ठाउँको खोजी गरे पनि सफल हुन नसक्दा रातोपहिरोमा लगेर फाल्नुपर्ने बाध्यता रहेको जनाएको छ । ‘ल्याडफिल साइड’का लागि जग्गा पहिचान गरेर फोहर व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकताका साथ पहल गरिरहेको नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताए। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण