स्वास्थ्य बिमा कार्यक्रम आजदेखि कैलालीबाट
धनगढी– सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गराएकालाई नेपालमा पहिलो पटक स्वास्थ्य सेवा प्रदान गर्ने कार्य आजदेखि कैलालीबाट सुरु गर्न लागिएको छ ।
सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमाको रकम बुझाई सदस्यता लिएकालाई स्वास्थ्य सेवा प्रदान गर्न लागिएको जानकारी दिए ।
कैलाली जिल्लामा बिमाबापतको रकम बुझाई गएको चैत महिनामा सदस्यता लिने ३९७ घर परिवारका दुई हजार २६ जनालाई यो कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो ।
जिल्लामा यो सेवा उपलब्ध गराउन चौमाला, भजनी, जोशीपुर, र उदासीपुर स्वास्थ्य केन्द्रका साथै सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालसँग सम्झौता गरिसकिएको छ । यसबाहेक सिफारिस गर्नुपर्ने बिरामीको हकमा बाँकेको भेरी अञ्चल अस्पतालसँग समेत सम्झौता गरिएको जनाइएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली २०७२ बामोजिम सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सहज तथा प्रभावकारी रुपमा उपलब्ध गराई स्वस्थ्य समाजको निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको निर्देशक डा लोहनीले बताए ।
विसं २०७३ वैशाखदेखि सदस्यता लिएकालाई भने आगामी भदौ महिनादेखि सेवा प्रदान गरिनेछ । पहिलो चरणमा देशका कैलालीसहित बागलुङ र इलाम जिल्लामा लागू गर्ने लक्ष्य लिइएको छ ।
पाँच जना सदस्यसम्म भएको परिवारलाई एक परिवार मानेर वार्षिक रु दुई हजार ५०० योगदान रकम बुझाई रु ५० हजार बराबरको स्वास्थ्य सेवा सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट पाउन सक्ने छन् । पाँचभन्दा बढी सदस्य भएको परिवारको हकमा बढेको सदस्य प्रत्येकको लागि रु ४२५ का दरले थप गर्दै जानुपर्ने र यसरी सदस्यता लिँदा सम्बन्धित परिवारको सुविधा थैलीमा समेत रु १० हजारका दरले थप हुँदै जानेछ ।
एक वर्षका लागि मान्य हुने यो सेवा सुविधा लिन चाहनेले अर्को वर्ष पुनः बिमाबापतको रकम बुझाई नवीकरण गर्नुपर्ने हुन्छ । नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेकोको परिप्रेक्षयमा सरकारले यो कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको हो ।
यो कार्यक्रमअन्तर्गत बिमा रकम बुझाई सदस्यता लिएकालाई बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा, कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि अन्तरङ्ग सेवातर्फ परीक्षण, एक्सरेलगायतका सेवा सुविधा पाउने जनाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण