बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मिर्चैयामा डकैती, एक महिला घाइते

शनिबार, ०१ जेठ २०७३, १३ : २०
शनिबार, ०१ जेठ २०७३

सिरहा– सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित तीन घरमा गएराति डकैती भएको छ । आठ÷दशजनाको समूहमा आएका नकावधारी समूहले बम विस्फोट गराउँदै स्थानीयवासीलाई त्रसित बनाएर डकैती गरेका छन् ।

मिर्चैया नगरपालिका– ७ का राजाराम यादव, रामेश्वर यादव र मीरा पोखरेलको घरबाट डाँकाहरुले अन्दाजी रु १० लाखभन्दा बढीको सम्पत्ति लुटेर लगेको स्थानीयवासी जीवन तिवारीले जानकारी दिनुभयो । उहाँकाअनुसार उहाँहरुको घरबाट डाँकाहरुले नगद, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटप र अन्य जिन्सी सामान लुटेर लगेका छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट एक किलो मिटरको दुरीमा घटनास्थल पर्छ । तर समयमा प्रहरी घटनास्थल नपुगेपछि डाँका लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासी बताउँछन् । स्थानीयवासी तिवारीले भन्नुभयो, ‘बम पड्काउँदा हामी स्थानीयवासी डरले भाग्यौं । प्रहरी समयमा नआउदा डाँकाहरु लुटपाट गरी भाग्न सफल भएँ ।’

डाँकाको प्रतिकार गर्दा स्थानीय ललितादेवी यादव घाइते भएकी छन् । धारिलो हतियार प्रहारबाट घाइते भएकी उहाँको उपचार स्थानीय अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक श्याम सिंह चौधरीले जानकारी दिए । घटनाबारे अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप