कोरियामा अपाङ्ग जिन्दगीसँगै कानुनी लडाई लड्दै एक नेपाली
सोल–‘जिन्दगीले यसरी धोका दियो.....’ गायक रामकृष्ण ढकालले गाएको यस गीत उनको जिन्दगीको यथार्थतासँग दाँजेर हेर्दा केहिहद सम्म मिल्न जाँदो रहेछ । आजभन्दा चार बर्ष छ महिना अगाडी सुन्दर भबिष्यको कल्पना गरि इपीएसमार्फत रोजगारको आर्कषण गन्तब्य स्थल मानिएको दक्षिण कोरियामा पहिलो चोटी पाईला टेक्दा उनी आफुजति खुसि अरुलाई देख्दैनथे । दुर्भाग्य आज उनका ती खुसीका क्षण मुहारमा देखिँदैनन् ।
बाग्लुङ जिल्ला पैयुथनथाप स्थाथी ठेगाना भएका ३१ वर्षीय दिपक पौडेल आजका दिनमा कहिले आनसान् त कहिले राजधानी सउलतीरका चर्चमा बिहान बेलुकाको छाकटार्न भेट्टिन्छन् । सन् २०१३ नोभेम्बर २९ तारिख बिहान चार बजे कोरियाको ह्वासङस्थीत दोङसङ को–अपरेटिभ कम्पनिको प्रेशमेसिनबाट उनको देब्रे हात क्षतबिक्षत बन्न पुग्यो । उनी लगातार एकबर्षसम्म हस्पिटलमा बसे । यस अबधिमा नेपाली दुतावास कोरियाका तत्कालीन श्रमसहचारी अनिल गुरुङ दुईचोटी र तत्कालीन उपनियोग प्रमुख राजाराम बर्तौला एकचोटी हस्पिटलमा पुगे । सहयोग गर्ने आस्वासन पनि दिए । जुन आश्वासन अझैं पूरा भएको छैन ।
नेपालबाट कोरिया आउँदा उनी स्कापफोल्डीङ्ग बन्ने कम्पनीमा एकबर्ष काम गरे । त्यसपछि उनी सो कम्पनी छाडेर रबर बन्ने कम्पनीमा लागे, जहाँ उनी दुर्घटनामा परे । यसपश्चात एकबर्षसम्म दुर्घटनाका कारण हस्पिटलमा डाक्टरको निगरानीमा बस्नुपर्ने भयो । उनको तीनबर्षे भिषा सकिनै लाग्दापनि कम्पनिले एकबर्ष दशमहिना भिषाका लागि अध्यागमनमा आबेदन दिएन । डक्टरले उनलाई फेरि दुईबर्ष उपचार प्रक्रियामा रहनुपर्ने जनाउ गरे । ‘तर मसँग कोरिया बसाईका लागि भिषा थिय्एन । मलाई समस्या परयो’, उनले भने, ‘ संयोग मलाई अस्पतालले दुईबर्षका लागि मेडिकल भिषा उपलब्ध गराउन अध्यागमनलाई अनुरोध गरेसँगै उपचारका लागि दुई बर्षका लागि भिषा मिलेको छ । मेरो दुर्घटना समयमा बाग्लुङ्ग समाज दक्षिण कोरियाले सामाजिक संजालमा सहयोग अभियान चलायसँगै तीनलाख नेपाली सहयोग गरेको थियो त्यसबाहेक मैले कतै सहयोग पाईन ।’
परिवारमा चारभाईमध्ये माईला दीपक दुर्घटना पश्चात एकचोटीपनि नेपाल गएका छैनन् । ‘वैदेशिक रोजगारमा जानुपूर्ब नेपालमा गरिने बिमाप्र्राप्ती बिषयमा उनले दुतावासमा आफै गएर जानकारी लिए भने दुतावासका तर्फ बाट गर्र्नुपर्ने पहलका बिषयमा दुतावासका जिम्मेबार ब्यक्तिले यहाँबाट केहि सहयोग हुन्न भन्नुभयो’, उनी अगाडि भन्छन्, ‘आखिर मरेका लासलाई नेपालमा पुरयाउँनेमात्र दुतावासको भुमिका हो ?’
हाल उनी कोरियाको आङछाङबाट कानुनी केश लडिरहेका छन् । कम्पनिबाट पाउनुपर्ने क्षतीपुर्तीका बिषयमा भने उनलाई भाषा लगायत अन्य कानुनी प्रक्रियाका निम्ति वकिल खोजिदिने लगायतका अन्य समस्या समाधानमा चौध बर्ष नेपालमा बसेका र नेपाली भाषाको पोख्त ज्ञान भएका कोरियन पास्टर एस.के.पार्कले सहयोग गरिरहेका छन् । सम्भबत उनको अब ५÷७ महिनामानै अदालतले क्षतिपुर्तीका बिषयमा मुद्दा टुङ्गाउने छ ।
यसविषयमा दूतबासका नवनियुक्त श्रमसहचारी देबराज ढकालले आफु नयाँ भएको र आफनो तर्फबाट गर्नुपर्ने भुमिका र जिम्मेबारी निर्बाह गर्न कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण