संविधान कार्यान्वयनको पक्ष चुनौतीपूर्ण छः कोइराला
काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकको सबैभन्दा ठूलो पार्टी काँग्रेसले सबैलाई समेटेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताएका छन् ।
रेडियो नेपाल कर्मचारी सङ्घको नवौँ केन्द्रीय परिषद् तथा ‘सङ्घीय संरचनामा राष्ट्रिय प्रसारण संस्था रेडियो नेपाल र श्रमिकहरूको भूमिका’ विषयको दुईदिने गोष्ठीमा महामन्त्री डा कोइरालाले भने – “संविधान कार्यान्वयनको पक्ष अत्यन्त चुनौतीपूर्ण छ, तर हामी सबै राजनीतिक दलका सबै नेता व्यक्तिगत र पार्टीगत स्वार्थका कारण परिवर्तन चाहँदैनौँ । हामीसँग स्पष्टता छैन ।”
रेडियो नेपालले आफ्नो गौरवपूर्ण इतिहासलाई जोगाउँदै आगामी दिन यसलाई कसरी जनताको रेडियो बनाउने भन्नेतर्फ केन्द्रित हुन पनि उनले व्यवस्थापन पक्षलाई सुझाव दिए । गाउँगाउँमा इन्टरनेट सेवा पु¥याएर अहिलेको युवापुस्तासम्म सूचना पु¥याउनुपर्ने उनको भनाइ थियो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० सरकारी सञ्चारमाध्यममा साउनदेखि कार्यान्वयन गराउन ती सञ्चारमाध्यमसँग छलफल गर्नुपर्ने धारणा राखे । “सरकारले न्यूनतम पारिश्रमिक लागू गर्ने भने पनि श्रमजीवी पत्रकार ऐन र सरकारी सञ्चारमाध्यमका आ–आफ्नै ऐनबीच तादात्म्यता नदेखिएका कारण थप छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ”, उनले भने । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले सबै श्रमिकका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था हुनुपर्ने बताए ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालको नाममा रहेको भौतिक पूर्वाधारलाई प्रयोग गरेर संस्थालाई नयाँ ढङ्गबाट विकास गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण